Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

लिग–२ मा आज अमेरिकासँग भिड्दै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । विश्वकप लिग २ को अर्को त्रिकोणात्मक शृङ्खला अन्तरगत नेपालले आज अमेरिकासँग उसकै घरेलु मैदानमा खेल्दैछ । लिग(२ चक्रमा नेपालको यो नवौँ खेल हो ।

आठ देश सहभागी रहेको लिग–२ को अंकतालिकामा अहिले नेपाल सातौं स्थानमा रहेको छ । ८ खेल खेल्दा नेपालले एउटा मात्रै जित निकाल्न सकेको छ भने ६ वटामा पराजित भएको छ । एक खेल भने वर्षाले रद्द भएको थियो ।

यो शृङ्खलामा अमेरिका र स्कटल्यान्ड नेपालका प्रतिद्वन्द्वी हुन् । अंकतालिकामा अमेरिका दोस्रो र स्कटल्यान्ड तेस्रो स्थानमा रहेका छन् । घरेलु टोली अमेरिका र बलियो स्कटल्यान्डविरुद्धको शृङ्खला नेपालका निम्ति सहज हुने छैन ।

नेपालले यसअघि क्यानडामा खेलेका ४ खेलको शृङ्खलामा तीन हार व्यहोरेको थियो । क्यानडासँग दुवै खेल हारेको नेपालले ओमानविरुद्ध एक जित निकाल्न सफल भयो । ओमानसँगको अर्को एक खेल वर्षाका कारणले रद्द भयो ।

अमेरिकाविरुद्ध भने नेपाल उच्च मनोबलमा छ । लिग २ अघि अमेरिकाविरुद्ध ३ खेलको टी–२० शृङ्खला नेपालले क्लीनस्वीप गरेको थियो । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा नेपालले अमेरिकाभन्दा अब्बल प्रदर्शन गर्‍यो । टी २० को फर्मलाई एक दिवसीयमा पनि निरन्तरता दिनु नेपालको मुख्य चुनौती हो ।

नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिजका लागि हिजो आफ्नो स्क्वाड घोषणा गर्‍यो । रोहित पौडेलको कप्तानीमा रहेको स्क्वाडमा १५ सदस्य र रिजर्भमा दुई खेलाडी राखिएका छन् ।

यसअघि क्यानडा भ्रमणका लागि छनोट भएको एकदीवसीय टोलीमा कुनै फेरबदल गरिएको छैन । ट्राभलिङ रिजर्भमा भने देव खनालसँगै सागर ढकाल थपिएका छन् ।

सन्दीप लामिछानेको अनुपस्थितिमा अमेरिकासँगको टी २० शृङ्खलामा सागरले मौका पाएका थिए । उनको प्रदर्शन औसत रह्यो । सन्दीपले भिसा पाएर अमेरिका पुगिसकेपछि उनी लिग २ का लागि उपलब्ध भएका छन् । यो शृङ्खलामा उनको प्रदर्शन नेपालका लागि महत्त्वपूर्ण हुनेछ ।

नेपालले अन्तिम ११ खेलाडीको छनोटमा धेरै टाउको दुखाउनुपर्ने छैन । नेपालको प्लेइङ सेट लगभग स्थिर नै छ । तर, ब्याटिङ पोजिसनमा केही प्रश्नहरू छन् ।

नेपालले कुशल भुर्तेल र आसिफ शेखको स्थापित ओपनिङ जोडीलाई पछिल्लो लिग २ शृङ्खलामा गिजोलेको थियो । क्यानडामा खेलेका तीन म्याचमध्ये दुईवटामा आसिफसँग अर्जुन साउदले ओपनिङ गरेका थिए । खराब फर्मका कारण ओपनर कुशल भुर्तेल दुईवटा म्याचमा प्लेइङ ११ मा नै परेका थिएनन् ।

भुर्तेलले अमेरिकाविरुद्धको टी २० सिरिजबाट जबरर्जस्त रूपमा आफ्नो फर्म फिर्ता ल्याएपछि उनी टीममा पर्ने निश्चित छ । टी २० मा नेपालले कुशललाई मध्यक्रममा टेस्ट गरेको थियो । ६देखि ८ नम्बरसम्म प्रयोग गरियो । तर, तेस्रो नम्बरमा खेलाउँदा उनको ब्याट चल्यो । यसर्थ कुशलले आफू टप अर्डरकै ब्याट्सम्यान भएको सूचना दिएका छन् । सम्भवतः नेपाल फेरि आसिफ र कुशलकै ओपनिङ जोडीमा फर्किन सक्छ ।

नेपालसँग भएका रिजर्भ ओपनर अर्जुन साउद छन् । उनले क्यानडामा दुई खेलमा ओपनिङ गरेका थिए, तर उल्लेख्य प्रदर्शन गर्न सकेनन् । एउटा खेलमा ५ र अर्कोमा १० रन बनाएर आउट भएका थिए । आजको खेलमा उनले आफ्नो स्थान कुशलका लागि खाली गरिदिनुपर्ने हुन सक्छ ।

नेपालसँग अर्का ओपनर अनिल साह पनि छन् । उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन्, तर एक दिवसीयमा खासै राम्रो गर्न सकेका छैनन् । लिग २ को क्यानडा सिरिजिमा अनिललाई फिनिसरका रूपमा प्रयोग गरिएको थियो । त्यसमा सफल भएनन् दुईवटा खेलमा उनी क्रमशः १ र ३ रन बनाएर आउट भएका थिए ।

टी–२० मा अनिलले आसिफसँग नेपालको ओपनिङ गर्दै आएका छन् । एक दिवसीय फर्मका कारण आजको खेलमा उनले स्थान पाउन सक्छन् भन्न सकिने अवस्था छैन । बाँकी तीन खेलमा उनको सम्भावना हुन सक्छ ।

तेस्रो नम्बरमा नेपालले एक दिवसीयमा भीम सार्कीलाई खेलाउँदै आएको छ । पछिल्लो समय उनी उत्कृष्ट प्रदर्शनको दबाबमा छन् । क्यानडामा खासै चल्न सकेका थिएनन् । असहज अवस्थामा पनि टिकेर खेल्न सक्ने खेलाडी हुन् भीम । तर, अमेरिकाको कठिन पीचमा उनले आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । होइन भने ब्याट्सम्यानहरुबीच उनको स्थान संकटमा पर्न सक्छ ।

मध्यक्रममा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र गुल्शन झा नेपालका मुख्य ब्याट्सम्यान हुन् । रोहितले टीमको ब्याटिङमा स्थिरता दिनेछन् भने ऐरी फिनिसरको रोलमा छन् र गुल्शन झालाई आवश्यकताअनुसार विभिन्न पोजिसनमा प्रयोग गर्ने गरिएको छ । एक दिवसीयमा आरिफ शेख पनि नेपालका नियमित खेलाडी हुन् । उनलाई मध्यक्रममा खेलाइने छ । रोहित चौथो, आरिफ पाँचौं र दीपेन्द्र छैटौँ नम्बरमा आउने छन् ।

विस्फोटक ब्याट्सम्यान कुशल मल्लले स्थान पाउँछन् वा पाउँदैनन् भन्ने पनि प्रश्न छ । नेपाले अनिल शाह र कुशल मल्लमध्ये एक जनालाई रोज्न सक्छ । हुन त भीम सार्कीलाई बेन्चमा राखेर उनीहरू दुवैलाई खेलाउन सकिने अवस्था पनि हुन्छ । तेसो भएमा अनिल तेस्रो नम्बरमा र कुशल सातौँ नम्बरमा खेल्नेछन् । कुशलले स्पिन बलिङ पनि गर्न सक्ने हुँदा नेपाललाई अतिरिक्त फाइदा छ ।

बलरहरूमा भने नेपालले खासै टाउको दुखाउनुपर्ने छैन । सोमपाल कामी र करण केसी फास्ट बलिङ तथा सन्दीप लामिछानेले स्पिनर बलिङको मोर्चा सम्हाल्नेछन् । यद्यपि, पीचको अवस्था हेरेर नेपालले एक ब्याट्सम्यान घटाएर अतिरिक्त फास्ट बलर वा स्पिनर खेलाउन सक्छ । नेपालसँग स्पिनमा ललित राजवंशी र फास्टमा रिजन ढकाल पनि रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending