Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै सशस्त्रका डीएसपी कटुवाल

खबरडबली संवाददाता

काठमाडौं । सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरूमा छटपटी शुरु भएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएको आरोप लागेका सशस्त्र प्रहरीका डीएसपी शम्भु कटुवालमा यस्तो छटपटी शुरु भएको हो ।

उनी अहिले चितवनको छरछरे बीओपीको इन्चार्ज रहेका छन् । “उनी अहिलेसम्म न कतै मिसन गएका छन्, न तलबले त्यत्रो घर बन्छ, उनी करिब १० बर्ष मधेस प्रदेश बसेर तस्करी गराउन तल्लीन थिए । जस कारण घर र अरु २–३ वटा घडेरी किन्न सफल पनि भए ।” सशस्त्र प्रहरी स्रोतले भन्यो ।

अहिले चितवनको छरछरे बीओपी पुगेका उनी त्यहाँ तस्करी गराउन नपाएपछि मातहत कर्मचारी बिदा छोडेर राशनबाट कमाउन लागेको समाचार स्रोतको भनाई छ । स्रोतका अनुसार महंगा होटेलमा पुगेर बिदा मनाउने उनलाई पैसाको जरुरत पर्यो अनि ३० जना रहेको बीओपीमा २० जना त बिदामा नै हुन्छन् । कमान्डर हुँदा कहिल्यै सुधारको काम नगर्ने तर कामाउ धन्दा मात्र गर्ने उनको बानी रहेको बताइन्छ ।

‘चितवनको छरछरे नाका होइन, त्यसैले उनको ध्यान बिदा छोडेर राशनमा गएको छ’, स्रोतले भन्यो । उनको महँगो दैनिकी देखेर मातहत कर्मचारी समेत अचम्म पर्ने गरेका छन् । उनी मात्र होइन राशनको पैसाले उनको घर परिवारलाई पनि खर्च पुर्याउनु पर्ने उनीसँग तराईमा सँगै बसेका एक जुनियर अधिकृतले बताए । कर्मचारीलाई बिदामा पठाएकै कारण चितवनमा रहेको गणले थप मद्दत माग्दा दिन सकेको छैन । उनको विषयमा अहिले मुख्यालयमा उजुरी परेको र उजुरीपछि मुख्यालयले उनको निगरानी बढाएको बताइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

खाली पेटमा लिची खानु जोखिमपूर्ण, बालबालिकामा गम्भीर असर पर्न सक्ने चेतावनी

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...

ब्राजिलको दमदार प्रदर्शन, हाइटी विश्वकपबाट बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...

गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ

विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...

दाङमा दुई अटो ठोक्किँदा ९ जना घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...

भोटो जात्रामा प्रधानमन्त्री शाहको उपस्थितिबारे अझै अन्योल

ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending