Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

स्वदेशी फूलको माला प्रयोग गर्न स्थानीय तहको आग्रह

फइल तस्विर
खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का स्थानीय तहले स्थानीय रूपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेका छन् । आफ्नै माटोमा उत्पादन भएको पुष्प खेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।

तिहारको समयमा प्लाष्टिकका फूल मालाले बजार नै छपक्कै ढाकिन्छ । यस्ता प्लाष्टिकका फूल मालाले वातावरणमा समेत असर पार्ने र स्थानीय उत्पादनको खपत कम गर्ने हुँदा यहाँका आठ वटै स्थानीय तहले केही समय पहिले नै सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला बिक्री वितरण वितरणमा रोक लगाएका छन् । साथै स्थानीय फूल र मालाको प्रयोग गर्न सूचनामार्फत अनुरोध गरेका छन् ।

स्थानीयस्तरमा पुष्पखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न यहाँका कतिपय पालिकाले बीउबिजनमा अनुदान उपलब्ध गराएको थियो । कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकामा रहेर पुष्प व्यवसाय गरेका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्लाष्टिकका फूलमालामा रोक लगाएको बताइन् ।

सामाजिक सञ्जालको प्रयोग गरी, स्थानीय पुष्पखेती गर्ने किसानसँग समन्वय गर्दै उनीहरूको सम्पर्क नम्बर सहित पालिकाको पेजमार्फत सूचित गर्ने काम गरिएको बताइन् । पालिकाभित्रका उपभोक्ताले पायक पर्ने किसानसँग सोझै सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने फूलमाला खरिद गर्न सक्ने उनले बताइन्। पालिकाभित्र १२ स्थानमा पुष्पखेती गरिएको र कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

जिल्लाको देवचुली नगरपालिकाले समेत युवा लक्षित पुष्पखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय उत्पादनबाट नै पालिकाको माग पूरा गर्न पुष्पखेतीमा बीउ बिरुवामा अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख पार्वता तिवारीले बताइन् । उनले देवचुलीमा प्लाष्टिकका फूलमालालाई प्रतिबन्ध गरेको बताइन् ।

स्थानीय पुष्पखेती गर्ने किसानलाई हौसला दिन र वातावरण स्वच्छ राख्नका लागि किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न पालिकावासीमा अनुरोध गरिएको उनले बताइन् । उनले स्थानीय किसानले उत्पादन गरेका फूलमालाको बजारीकरणमा पालिकाले समन्वय र सहजीकरण गर्ने बताइन् ।

विनयी त्रिवेणी गाउँपालिकाले पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साह गर्दै उत्पादनको बिक्री वितरणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । पालिकाले प्लाष्टिकका फूलमालालाई निरुत्साहित गर्दै स्थानीय किसानले लगाएको फूलमाला प्रयोगमा जोड दिन पालिकावासीमा आग्रह गरेको छ । “पालिकाले स्थानीय पुष्पखेती गर्ने किसानसँग सहकार्य गर्दै उपभोक्ताको सहजताका लागि किसानको नाम ठेगाना र नम्बरसहितको सूचना पालिकाको फेसबुक पेजमार्फत र वेभसाइटमार्फत सम्प्रेषण गरेको छ, हाम्रो धारणा स्थानीय फूलले सहज बजार पाओस् भन्ने हो”  अध्यक्ष गिरीले भने । यस कार्यले किसानको पुष्पखेतीको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिएको उहाँको भनाइ छ । उपभोक्ताले आफ्नो नजिक पर्ने किसानलाई सिधै सम्पर्क गरेर फूलमाला खरिद गर्न सक्ने उनले बताए ।

यस्तै जिल्लाको पहाडी पालिका बौदीकालीले समेत पुष्प खेतीलाई प्रोत्साहन गर्दै किसानलाई अनुदानमा बीउ वितरण गरेको थियो । यहाँ व्यावसायिक रूपमा पुष्प खेतीको सुरुआत गत वर्षबाट भएको थियो । पालिका आफैँले बजारीकरणको जिल्ला लिएर रु दुई लाख बराबरको फूलमाला बिक्री वितरण गरेको थियो । यस वर्ष पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साहन गर्दै बजारीकरणमा सहयोग गर्ने पालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

चाडपर्वमा आवश्यक पर्ने फूलमालाको आयात रोक्दै निर्यात गर्ने लक्ष्यसहित पालिकाले पुष्पखेती गर्ने किसानलाई अभिप्रेरित गरिएको ओझाले बताए । आफ्नै नजिक र पायक पर्ने ठूला सहर पोखरा, बुटवल, चितवन, कावासोतीमा फूलमाला निर्यात गर्ने लक्ष्य सहित पुष्पखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराएको र बजारीकरणमा पनि सहयोग गर्ने ओझाले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...

गाजर किन सुन्तला रंगको हुन्छ ?

काठमार्डौं । गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...

सलाह चम्किँदा इजिप्ट शीर्षमा, न्यूजिल्यान्डको अग्रता खेर

काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...

बाँदर र बारीबीचको युद्ध : वालिङका किसानको पीडा र समाधानको खोजी

वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending