Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मकवानपुरमा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने

खबरडबली संवाददाता

हेटौँडा । सुख, शान्ति, समृद्धि र आपसी सदभावका साथ मनाइने तिहारको समयमा रातिको ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार विज्ञप्ति जारी गरी देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ बजेसम्म मात्र खेल्न पाइने उल्लेख गरेको छ ।

तिहार तथा छठ पर्वका समयमा जिल्लाभित्र शान्ति सुरक्षालाई प्रभावकारी तुल्याउन व्यापक रूपमा सुरक्षाकर्मी टोल–समुदाय क्षेत्रमा परिचालन गरी गस्ती बढाइएको र शान्तिपूर्ण एवम् सौहार्द्रपूर्ण वातावरणमा चाडपर्व मनाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए।

चाडपर्वको समयमा आफूले खुशीयाली मनाउँदा-मनोरञ्जन गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन, तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न प्रमुख जिल्ला अधिकारी चिलुवालले आग्रह गरे।

त्यस्तै जुवा–तास–लंगुरबुर्जा खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्ने, नगराउने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगराउन अनुरोध गरिएको छ ।

त्यस्तै २०७९ साउन ११ को नेपाल राजपत्र अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकाले सो कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै प्रचलित कानुन विपरितका गतिविधि–क्रियाकलाप सञ्चालन गराइएको पाईए प्रचलित सम्बद्ध कानन बमोजिम कारबाही हुने भनिएको छ ।

शुभ दिपावली, नेपाल सम्वत् ११४५, छठ लगायतका राष्ट्रिय पर्वहरूको सुखद उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, निजी तथा सङ्गठित संस्थामा आवद्ध पदाधिकारी एवम् कर्मचारी, सञ्चारकर्मी तथा समस्त मकवानपुर जिल्लावासीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले शुभकामना समेत व्यक्त गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

केरालामा बर्ड फ्लूको प्रकोप: हजारौँ चरा नष्ट गर्ने निर्णय

नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरुले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दि...

भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: