Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

उद्योग चलाउनुस शान्तिसुरक्षा दिलाउन म प्रतिबद्ध : प्रम काेइराला

\"Pm-400\"काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले जनमानसमा शान्तिको प्रत्याभूति गराउन आफू प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उद्योग व्यवसाय सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आफू प्रयासरत रहेको जिकिर गरे । ‘तपाईहरु उद्योग चलाउनुस शान्तिसुरक्षा दिलाउन म प्रतिवद्ध छु’– प्रधानमन्त्रीलाई उदृत गर्दै छलफलमा सहभागि एक उद्योगीले भने । महासङ्घको ध्यानाकर्षणपछि प्रधानमन्त्री कोइरालाले असन्तुष्ट पक्षसँग औपचारिक रुपमा संवाद नभए पनि अनौपचारिक रुपमा छलफल भइरहेकाले केही दिनभित्रै समाधान निस्कने विश्वास दिलाए । प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न जिल्लामा मधेसवादी तथा थारू समुदायका तर्फबाट भएको आन्दोलनले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नभएको भन्दै महासङ्घले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्रीसँगको भेटमा आफूले मुलुकका अधिकांश भागमा लगातार एक महिनादेखि जारी बन्द हडताल, अशान्ति, जबर्जस्तीजस्ता क्रियाकलापले निजी क्षेत्र र नागरिक त्रसित भएको जानकारी गराएको महासङ्घका अध्यक्ष पशुपति मुरारकाले पत्रकारहरुसँग बताए । उनले निजी क्षेत्र उद्योगी, व्यवसायी र उद्योग प्रतिष्ठानमा आक्रमण, जबर्जस्ती र बढ्दो धम्कीका कारण उद्योग व्यवसाय चलाउन नसक्ने अवस्थाको सिर्जना भएको उल्लेख गर्दै भने– ‘पर्यटन उद्योग ठप्प छ, सरकार र बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर एवम् ऋणको किस्ता तिर्न सक्ने अवस्था छैन ।’ एक महिनादेखि तराई र मधेसका विभिन्न जिल्लामा भएको आन्दोलनका कारण मुलुकलाई अर्बौं घाटा लागेको छ । महासङ्घका अनुसार एक दिन बन्द हुँदा मुलुकलाई रु दुई अर्बको नोक्सानी हुने गरेको छ । सोही हिसाबअनुसार रु ६० अर्बभन्दा बढीको नोक्सानी भइसकेको छ । त्यसैगरी तेस्रो मुलुकबाट आयात गरिएका सामान लादिएका हजारौँ कन्टेनर कलकत्ता बन्दरगाहमा रोकिएकाले दैनिक रु दश करोडभन्दा बढी भाडा र विलम्ब शुल्क नेपालले बेहोर्नु परिरहेको छ । उद्योग व्यवसाय चल्न नसक्दा करोडौँको कच्चा पदार्थसमेत नोक्सानी भएको तथा औद्योगिक करिडोरमा कार्यरत लाखौँ मजदुरको ज्याला दिन नसक्ने अवस्था रहेको महासङ्घले जनाएको छ । उत्पादित निर्यातजन्य वस्तु भारत तथा तेस्रो मुलुक निर्यात गर्न नसक्दा थप नोक्सानी व्यर्होनु परेको छ । महासङ्घका अध्यक्ष मुरारका अनुसार स्वदेशी तथा विदेशी ‘पार्टी’को मागको समयावधि घर्कंदा विश्वास गुम्दै गएको छ । भेटका अवसरमा अर्थमन्त्री डा रामशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यको पनि सहभागिता थियो ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies