काठमाडौँ । तिहारै आयो लौ झिलिमिलि,
ए सुन हजुर भैलिनी आए आँगन।
मनको आँखा उघारी हेर
ए सुन हजुर लक्ष्मी आइन् आँगन।।
यादव खरेलको शब्द, सङ्गीतमा लोचन भट्राई र नूतन प्रधानले गाउनुभएको चलचित्र ‘स्वर्ग’ को यो गीत देउसी भैलोमा प्रायः छुट्दैन। हरेक वर्ष तिहार आएसँगै यी र यस्ता दर्जनाँै गीत घरघर र गल्लिगल्लिमा गुञ्जिन थाल्छन्। जब यी गीतको धुन बज्न थाल्छ, तब तिहारको रमझम आएजस्तो लाग्छ।
यो गीतको धुनसँगै ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको’ भन्ने शब्दले साँच्चीकै तिहार आएको हरेक नेपालीले अनुभूति गर्छन्। भैलो विशेष गीत रहेकाले यस गीतमा चेलीको भैली गीतको सुगन्ध पाइन्छ। हाल यस्तै गीतले गाउँघर गुञ्जिन थालिसकेका छन्।
दसैँपछि नेपालीको दोस्रो ठुलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा समेत लिन गरिन्छ किनभने गीत सङ्गीतविनाको तिहार अनि गीत सङ्गीतविनाको देउसी भैलो अधुरोजस्तै हुन्छ।
देउसी भैलोमा गुञ्जिने गीतहरु दर्जनौँ छन्। ती मध्येपनि अरुण उपत्यका समूहका नवीनकुमार खड्का, पुस्तका खड्का, बलराम समाललगायतको स्वरमा सजिएको ‘सिमल बारुलै।।। गीतले धेरै दर्शक स्रोताको मन जितेको छ। करिब दुई दशकअगाडि सार्वजनिक गरिएको यो गीत अहिले पनि दर्शक स्रोताले उत्तिकै रुचाउने गरेका छन्। गीतमा सयपत्री र मखमलीको माला उने जस्तै उनिएका शब्द उतिकै सुमधुर र कर्णप्रिय छन्। जुन गीतमा समेटिएका बुढाबुढीको संवाद झनै रोचक छ। भट्याउनेदेखि लिएर बिचबिचमा गाइएको पूर्वेली भाकाले भने सबैको मन छुन्छ। तिहारमा देउसी खेल्ने युवा पुस्तादेखि लिएर बुढापाखाको समूहमा धेरैले यही गीत बजाएर देउसी खेल्छन्। करिब २० मिनेटको गीतमा देउसी खेल्नेको प्रवेशसँगै अन्तिममा दिइएको आशिषमा सबै विषयलाई लय मिलाएर बनाइएको गीत छ।
त्यसो त ‘राँको’ फिल्मको गीत ‘दियो बाली साँझको’ लक्ष्मी पूजाका दिन बढी गुञ्जिने गर्छ। त्यसबाहेक पनि तिहारैभरि बज्ने यो गीत आशा भोस्लेले गाउनुभएको हो। तीन दशकअगाडि गाइएको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ।
‘अन्याय’ फिल्मको गीत ‘अधरमा आज उनकै छ गीत’ पनि उत्तिकै रमाइलो छ। सिन्धु मल्लले गाएको गीत ‘झिली र मिली’ पनि तिहारमा गुञ्जिने गीतमा पर्छ। राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला’ गीत धेरै बज्ने गीतमा पर्छ। यो गीतले विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा प्रस्तुत गरिएको छ।
चलचित्र कोहिनूरमा समावेश गरिएको ‘यसपालिको तिहारै रमाईलो’ गीत पनि तिहारमा उत्तिकै गुञ्जिने गर्छ। प्रमोद खरेल र अञ्जु पन्तले गाउनुभएको यो गीत तिहारको समयमा धेरै बजाइने गीतमध्ये एक हो। लक्ष्मी पूजादेखि देउसी भैलो सबैलाई समेटिएको यो गीत उत्तिकै लोकप्रिय छ।
यी बाहेक पनि नयाँ पुराना दर्जनौँ गीत तिहारमा गुञ्जिन्छन्। तिहारसम्बन्धी बर्सेनि नयाँनयाँ गीत थपिए पनि पुराना गीत नै बढि गुञ्जिने गरेका छन्।कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइने तिहारको सांस्कृतिक र सामाजिक महत्व बेग्लै छ। तिहार भन्नेवित्तिकै देउसी भैलोलाई सम्झिने गरिन्छ, त्यसमा पनि गीत सङ्गीतले तिहारलाई हर्ष र उल्लासमय बनाउँछ। प्रविधिको विकाससँगै पछिल्लो समय तिहारमा गीत घन्काउँदै देउसी भैलो खेल्न चलन बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: