Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

गम्भीर श्रेणीमा पुग्याे लाहोर र दिल्लीको वायु प्रदूषण

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानको लाहोर शहर र भारतको नयाँ दिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ । लाहोरको गुणस्तर सूचकांक सोमबार ४८५ एक्यूआइ रहेको छ भने नयाँ दिल्लीको एक्यूआई ४३७ रहेको छ, जुन प्रदुषणको गम्भीर अवस्था हो ।

भारतको राष्ट्रिय राजधानी दिल्लीसहित उत्तर प्रदेश, हरियाणा र राजस्थानका पाँच प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकांक ३०० नाघेको छ । सबैभन्दा खराब अवस्था दिल्लीको रहेको छ, जहाँ सोमबार बिहान वायुको औसत गुणस्तर ४ सय नाघेको छ ।

आइतबार दिल्ली बाहेक, उत्तर भारतका प्रमुख शहरहरू जहाँ एक्यूआइ ३०० भन्दा बढी थियो । जहाँ हरियाणाको बहादुरगढ ३३५ र सोनीपतको ३२१, यूपीको मुजफ्फरनगर ३०२ र राजस्थानको श्रीगंगानगरको ३२७ रहेको थियो । 

बुधबारसम्म राजधानीको हावा अत्यन्त कमजोर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार हावाको गति प्रतिघण्टा ५ देखि १५ किलोमिटर रहेको थियो । अबको दुई–तीन दिन यस्तै अवस्था रह्यो भने वायुको गुणस्तरमा सुधार आउने आशा कमै छ । साथै बिहान हल्का कुहिरो लाग्ने सम्भावना रहेको छ ।

भारतको नयाँ दिल्लीमा पियुसी नभएका ५४ हजार सवारी साधनलाई जरिवाना गरिएको छ ।

अक्टोबर १५ देखि ३१ सम्म राष्ट्रिय राजधानी र आसपासका क्षेत्रमा वायु प्रदूषण नियन्त्रण गर्ने मापदण्ड लागू नगरेको भन्दै ५६ निर्माण तथा भत्काउने स्थल बन्द गरिएको छ भने ५ सय ९७ साइटलाई जरिवाना गरिएको छ । यस अवधिमा वैध प्रदूषण नियन्त्रण प्रमाणपत्र ९पीयूसी० नभएका ५४ हजार सवारीसाधनलाई जरिवाना समेत गरिएको छ भने उमेर हद नाघेका ३ हजार ९ सय सवारी साधन जफत गरिएको छ ।

दिल्ली(एनसीआरमा वायु गुणस्तर सुधार गर्न गठित केन्द्रीय प्यानल एयर क्वालिटी म्यानेजमेन्ट आयोगले आइतबार एक विज्ञप्तिमा यो जानकारी दिएको हो। आयोगले एनसीआरभर अवैध डम्पिङ साइटहरूको लागि ५ हजार ३०० भन्दा बढी गहन निरीक्षण गरिएको बताएको छ ।

आइतबार पञ्जाबमा पराल जलाउने २१६ घटनाहरू रिपोर्ट गरिको मिडिया रिपोर्टमा उल्लेख छ । पञ्जाब रिमोट सेन्सिङ सेन्टरको तथ्याङ्क अनुसार, सेप्टेम्बर १५ देखि अहिलेसम्म सम्म राज्यमा कुल ४ हजार १३२ पराल जलाउने घटनाहरू रिपोर्ट गरिएको छ ।

अर्कोतर्फ पाकिस्तानका शहरहरुमा पनि प्रदुषणको तह गम्भीर अवस्थामा पुगेको छ । मुल्तानको सोमबार बिहानको एक्यूआर ५२९ पुगेको छ भने लाहोरको ४५८ पुगेको छ । त्यस्तै पेशावरको १८० र रावलपिंडीको १७० एक्यूआइ पुगेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुर–१: चुनावी रंगमंचमा त्रिपक्षीय भिडन्त

ललितपुर । ललितपुर–१ आगामी निर्वाचनमा राजनीतिक मोडमा पुगेको छ। यहाँको चुनाव केवल उम्मेदवारहरूको मात्र होइन, प्रतीक, सन्देश र परम्पराको पनि हो। यस पटकको...

झापा–२ मा १८ उम्मेदवारबीच कडा प्रतिस्पर्धा

झापा । झापा निर्वाचन क्षेत्र नं. २ यसपटक पनि राजनीतिक रूपमा चर्चामा छ। यहाँ विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेप...

चुनावमा सीमा सिल भए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागीलाई अवरोध नहुने

जनकपुर  । २१ फागुनमा हुने निर्वाचन अगावै सीमा नाका सिल भए पनि मिथिला माध्यमिकी परिक्रमा सहभागीलाई आवतजावतमा अवरोध नहुने भएकाे छ । निर्वाचनलाई लक्षि...

बिलबिजक बिनाका सामान बरामद

रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्र...

दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी

दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उज...

देश र संविधान आवश्यक परे कांग्रेस–एमालेसँग पनि संवाद हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा उत्पन्न भए त्यसको सामना गर्न कांग्रे...

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर...

जापानी नागरिकलाई रिहा गर्न माग

काठमाडाैँ। जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ । जापानको उप प्रम...

निर्वाचन बिथोल्ने प्रयासरत ४२ जना पक्राउ, १४ जना अझै हिरासतमा

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ । तीमध्ये हाल १४ जना मात्र हिरासतमा ...

स्वच्छ र निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउँछः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन् ।  बुधबार पेरिसडाँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE