काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ ।
तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन । ‘स्थानीय तह उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन । यद्यपि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारहरूलाई समर्थन गर्न सकिनेछ । यस सम्बन्धमा पार्टीले निर्णय गर्ला’, उनले भने ।
वैशाखमा बसेको केन्द्रीय समिति बैठकले ०८४ मा हुने आम निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । यता विप्लवको सचिवालयले पनि उपनिर्वाचनमा भाग लिने पार्टीको नीति नरहेको बताएको छ । आवश्यकता अनुसार समाजवादी मोर्चामा सहभागी दलका उम्मेदवारलाई समर्थन गर्न सकिने स्पष्ट पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८१ - १९:५५
जनकपुरधाम । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत् जननी सीताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन...
मंसिर २२ गते, २०८१ - १९:४४
गलकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा ...
मंसिर २२ गते, २०८१ - १९:२७
ताप्लेजुङ । सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबर भएको फाइनल...
मंसिर २२ गते, २०८१ - १९:२२
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । नवलपरासी पश्चिम, रामग्राम नगर...
मंसिर २२ गते, २०८१ - १९:१७
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन् । कोशी प्रदेश समितिले शनिबार विरा...
मंसिर २२ गते, २०८१ - १९:११
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नु पर्ने वेला आएकाे बताएका छन् । उनले राज...
मंसिर २२ गते, २०८१ - १९:०२
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीनको एक साता लामो भ्रमण सकाएर आज स्वदेश फर्केका छन् । चीनको कुनमिङ हुँदै युनान पुगेका अध्यक्ष राउत एउटा...
मंसिर २२ गते, २०८१ - १८:५८
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्...
मंसिर २२ गते, २०८१ - १८:४८
माेरङ । नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ...
मंसिर २२ गते, २०८१ - १८:४४
बाँके । नेपालगन्जलाई बेस बनाएर पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार परिवारका साथ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । ग...
प्रतिकृया लेख्नुहोस्: