Khabar Dabali ३० कार्तिक २०८२ शनिबार | 15th November, 2025 Sat
Investment bank

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

खबरडबली संवाददाता

काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो । 

नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा पुनर्निर्माण  तथा पुनस्र्थापना गरी सोमबार दिउँसो ४.३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रकातर्फबाट पुनर्निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए । 

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाहरुबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ । 

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो । प्रसारण लाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिधिहरुबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकले पाँच हजारका दरले प्रोत्साहन रकम पाउने

कैलाली । सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारको बजेटमा चालु आवमा प्रदेशका नौवटै जिल्...

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर चौरजहारीका एक किशोर बेपत्ता

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ बगर स्थित भेरी नदिमा एक किशोर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो चौरजहारी नगरपालिका १ मा व्यवसाय ग...

झुम्काबाट फरार एक जना पाँचथरमा पक्राउ

पाँचथर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले पक्राउ परेका छन् । ...

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । कार्याल...

कपिलबस्तुमा नालीमा डुबेर बालकको मृत्यु

कपिलबस्तु । जिल्लाको कपिलबस्तु नगरपालिका-६  सेमरीमा भर अगाडिको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नाय...

करारका कर्मचारी हटाइएपछि स्थानीय तहको सेवा ठप्प

काठमाडौं । स्वीकृत दरबन्दीभन्दा बाहिरका करार कर्मचारी हटाउन संघीय सरकारद्वारा तीनै तहका सरकारलाई गरिएको आग्रहपछि देशका धेरै स्थानीय तहमा दैनिक अत्यावश...

जेन-जी आन्दाेलन: सिंहदरबार जल्दा एक अर्वकाे क्षति

काठमाडौं । जेन–जी आन्दोलनले थपिएको आगलागीको प्रभाव अहिले आर्थिक मूल्यांकनभन्दा पनि राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा, संरचना र निरन्तरता मा...

अन्तरिक्ष भग्नावशेषले क्षतिग्रस्त यानपछि चिनियाँ अन्तरिक्ष यात्रीहरूको सुरक्षित फर्काइ

बेइजिङ । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि, प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग ग...

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु, २१ बेपत्ता

इन्डोनेसिया । इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् । ...

किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते

किएभ । युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् । एएफपीका पत्रकारहरूले सहरको केन्द्रमा शक्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending