Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सोलुखुम्बुकाे लुक्लामा एकैदिन एकसय ९४ उडान

खबरडबली संवाददाता

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटकीय विमानस्थल लुक्लामा मंगलबार एकैदिन हवाईजहाज र हेलिकप्टर गरी १ सय ९४ उडानमार्फत १३ सय पर्यटक भित्रिएका छन् । सोमबार प्रतिकूल मौसमका कारण उडान प्रभावित भएपछि मंगलबार भएका उडानमार्फत १३ सय बढी पर्यटक हवाईमार्ग हुँदै खुम्बु भित्रिएका हुन् । 

मंगलबार समिट एयरले १८ तथा तारा र सिता एयरले १७/१७ गरी मन्थली र काठमाडौंबाट ५२ उडान भरेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले बताए । मौसमले साथ दिएकाले उत्साहजनक उडान भएको पन्थीले बताए । 

त्यस्तै विभिन्न कम्पनीका १ सय ४२ वटा हेलिकप्टरले लुक्ला हेलिप्याडमा उडान भरेको जिल्ला प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । जहाज र हेलिकप्टर गरेर एकै दिन १ सय ९४ उडान भएका हुन् । यी उडानमार्फत ११ सय ५० विदेशी र १ सय ५९ नेपाली गरी १३ सयभन्दा बढी पर्यटक खुम्बु भित्रिएका छन् । ‘ठूलो संख्यामा पर्यटक खुम्बु आएका छन्, हामी उनीहरुको सुरक्षा र सुरक्षित यात्राको सवालमा संवेदनशील छौं,’ डीएसपी घिमिरेले भने । 

त्यसैगरी ३ सय ४७ विदेशी र १ सय ४ जना नेपाली गरी ४ सय ५१ पर्यटक हवाईमार्गबाट मंगलबार बाहिरिएका छन् । यो सिजनको मध्यान्तर भएकाले अहिले खुम्बु घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । केही दिनयता मौसम सफा भएसँगै दृश्यावलोकनका लागि आउने स्वदेशीको संख्यामा समेत बढेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending