Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

अमेरिकी राष्ट्रपति चुनाव- प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता

खबरडबली संवाददाता

वासिङटन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी छ ।

५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मंगलबार नेपाली समय अनुसार लगभग अपराह्न ४ बजेदेखि मतदान सुरु भएको थियो । प्रमुख राज्यहरूमा भोटिङ आज बिहान करिब १० बजेसम्म समाप्त हुनेछ।

हालसम्म १३ राज्यमा मतगणना सकिएको छ । ट्रम्पले ९ राज्यमा चुनाव जितेका छन् भने भारतीय मूलकी कमला ह्यारिसले ४ राज्यमा चुनाव जितेकी छन् । 

योसँगै राष्ट्रपति चुनावसँगै हुन लागेको संसदीय निर्वाचनमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।

राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ । कमला विजयी भए २३० वर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्नेछिन् ।

यदि ट्रम्पले जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्किनेछन् । कमला ह्यारिस हाल अमेरिकाको उपराष्ट्रपति हुन् भने ट्रम्प सन् २०१७ देखि २०२१ सम्मका लागि राष्ट्रपति भइसकेका छन् ।

अधिकारीहरुका अनुसार पूर्व भोटिङमा ८ करोडभन्दा बढी अमेरिकी नागरिकले हुलाक र इमेलमार्फत मतदान गरेका थिए । नोभेम्बर ५ मा कति अमेरिकीले मतदान गरेका थिए र कति प्रतिशत थिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।

 बुधबार बिहान  मतदान सकिएपछि मतगणना सुरु हुनेछ । सामान्यतया नतिजा मतदानको भोलिपल्ट आउँछ, त्यसैले अन्तिम परिणाम बुधबार राति वा बिहीबार बिहानसम्म आउनेर आउने अपेक्षा गरिएको छ।

मतगणना थप समय लागेमा नतिजा आउन १–२ दिन लाग्न सक्छ । सन् २०२० मा भएको निर्वाचनमा मतदान सकिएको ४ दिनपछि नतिजा सार्वजनिक भएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending