Khabar Dabali २५ कार्तिक २०८२ सोमबार | 10th November, 2025 Mon
Investment bank

आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य - नेता श्रेष्ठ

खबरडबली संवाददाता

वालिङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताएको छन्। स्याङ्जाको वालिङमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य रहने स्पष्ट पारे। धेरै दलहरू जोडेर सरकार बनाउनु पर्दा निरन्तर अस्थिरता आइरहेको उनको भनाइ छ ।

स्थिरताका लागि गरिएको कांग्रेस–एमालेको सहकार्यलाई केही दलहरूले नरुचाएको भन्दै नेता श्रेष्ठले कार्यकर्तालाई सोही अनुसार काम गर्न आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूको व्यवहार राम्रो नभएको भन्दै नेता श्रेष्ठले आफ्ना नेताहरू पक्राउ पर्दा आफूहरूले कहिले पनि विरोध नगरेको स्पष्ट पारे। उनले भने, “आरोप लागि सकेपछि अनुसन्धान गर्न त पाउनु पर्‍यो नि ।” दोषी भए रवि लामिछाने कारबाहीमा पर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश सभापति महेश भट्टराई, कांग्रेस क्षेत्रीय सभापति दिलिपप्रताप खाण लगायतले कांग्रेसले अब गर्नुपर्ने कामहरूका बारेमा आ–आफ्नो भनाइ राखेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपालले पार्टीलाई माओवादीमा विसर्जन गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएको कदमलाई ‘पार्टी विसर्जन’ को रूपमा व्याख्या गरेका ...

१२ किलोमा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमर...

पशुपति क्षेत्रलाई राजनीतिक भर्तीकेन्द्र बनाउनु हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुशीला कार्की ले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण ...

रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ एमालेमा फर्किए

काठमाडौँ । नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ चार वर्षपछि पुन: नेकपा (एमाले) मा फर्किएका छन्। उनीहरू २०७८ सालमा एमाले विभाजन ...

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

जनकपुरधाम । मधेश प्रदेशमा हालै गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरिएको भ...

कांग्रेस चुनावमा सहभागी हुन्छ, देशको यो संकट कांग्रेसले नै पार लगाउछ: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले कुनै औचित्य नरहेको बताएका छन्। सो...

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

क्विटो। इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाक...

दार्चुलाको गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा सोमबार दिउँसो २:४३ को समयमा भुकम्प गएको छ । गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प माप...

मोटरबाटो स्तरोन्नति ठेक्का प्रक्रियामा ८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना: विशेष अदालतमा मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का...

भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन लागेका छन्। समारोह काठमाडौँको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending