काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ।
केन्द्रीय निर्वाचन समन्वय समितिको बुधबार साँझ बसेको बैठकले आज उम्मेदवारको नाम आह्वान गर्ने निर्णय गरेको हो।
बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको समितिका संयोजक एवं सांसद गणेश पराजुलीले जानकारी दिए।
इच्छुक पार्टी सदस्यहरुले आकांक्षा राखेपछि निर्वाचन परिचालन समितिबाट सकभर सर्वसम्मत उम्मेदवार सिफारिसको तयारी गरिने र सहमति हुन नसकेका स्थानमा प्राइमरी इलेक्सन पनि हुने पराजुलीले बताए।
रास्वपाले प्रदेश निर्वाचन परिचालन समिति गठन गर्दा उपनिर्वाचन हुने जिल्ला, पालिका र वडा तहका सदस्य पनि समावेश गर्ने तयारी गरेको छ।
त्यस्तो संयन्त्रले पार्टीको सदस्यता नलिए पनि ख्याती प्राप्त र स्वतन्त्र व्यक्तिलाई उम्मेदवार उठाउन सिफारिस गर्न सक्ने संयोजक पराजुलीले बताए।
स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो। २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन नै भएको थिएन।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - ०९:३०
संविधान संशोधन गर्न कार्यदल गठन गरिने
पौष ११ गते, २०८१ - ०९:०७
पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरग...
पौष ११ गते, २०८१ - ०९:०३
भरतपुर । महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष...
पौष ११ गते, २०८१ - ०८:५८
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
पौष ११ गते, २०८१ - ०८:४१
दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड...
पौष ११ गते, २०८१ - ०८:००
काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले अन्य फौजदारी अभियोग लागेका व्यक्ति र रवि लामिछानेमाथि गरिएको व्यवहार फरक भएको आरोप लगाएका छन् । उनले...
पौष ११ गते, २०८१ - ०७:५०
काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर...
पौष ११ गते, २०८१ - ०७:४२
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छ...
पौष ११ गते, २०८१ - ०७:३८
काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्...
पौष ११ गते, २०८१ - ०७:२२
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौं, पोखरा, नारायणगढदेखि बुटवलबा...
प्रतिकृया लेख्नुहोस्: