Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

स्मृतिमा कमरेड सुनिल र निर्मम: जब शाही सेनाले जहाज र दुईवटा हेलिकप्टरबाट आक्रमण गर्यो...

खबरडबली संवाददाता

रमेश मल्ल

अब जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको पार्टीको निष्कर्ष थियो। संघर्षको मुख्य साधनको रूपमा रहेको जनमुक्ति सेनालाई सात डिभिजनमा विस्तार गर्ने पार्टीको निर्णय भएको थियो। पार्टी निर्णयअनुसार तत्कालीन राप्ती क्षेत्रलाई “केन्द्रीय आधार इलाका” नामाकरण गरिएको थियो।

केन्द्रीय आधार इलाकामा मुख्य कार्यक्षेत्र रहने गरी पार्टीले निर्माण गरेको पाँचौँ डिभिजनको घोषणा कार्यक्रम रोल्पा र सल्यानको सिमाक्षेत्रमा पर्ने रोल्पा जिनावाङको मनिमारे (हाल गङगादेव गाउँपालिका–३) मा राखिएको थियो।

२०६२ साल मङ्सिर १४ गते निर्धारित कार्यक्रम मनिमारेमा सुरु भयो। उक्त कार्यक्रममा जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन ‘पासाङ’, त्यस क्षेत्रका पार्टी इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’, डिभिजन इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लगायतका अतिथिहरू उपस्थित हुनुहुन्थ्यो। अखिल (क्रान्तिकारी) का क्षेत्रीय संयोजकको रूपमा मलाई पनि अतिथि दीर्घामा बोलाइएको थियो।

डिभिजनको रोलकल सुरु भयो। जनमुक्ति सेनाको ताँती सिङ्गो मनिमारेको फाँटभरि फैलिएको थियो। GPMG समूह भने कार्यक्रम सुरक्षाको लागि डाँडाको टुप्पोमा खटिएको थियो। जनमुक्ति सेनाको पाँचौँ डिभिजन घोषणा भयो। कमरेड किमबहादुर थापा ‘सुनिल’ उक्त डिभिजनका कमान्डर घोषणा गरिनुभयो।

कार्यक्रम करिब अन्त्यतिर पुग्दै थियो। त्यसैबेला मनिमारेको आकाशमा शाही सैनिक जहाज, MI–17 हेलिकप्टर र अर्को सानो लडाकु हेलिकप्टर एकपछि अर्को गरी देखा परे। जनमुक्ति सेनाका कमान्डरहरूको भनाइअनुसार अगाडिको जहाज जासुसीका लागि प्रयोग भएको र पछाडि आएका दुई हेलिकप्टर आक्रमणका लागि थिए।

शाही सेनाले दुईवटा हेलिकप्टरबाट एकैपटक फायरिङ सुरु गर्‍यो। MI–17 हेलिकप्टरले ८१ मिमि मोर्टारका सेलहरू खसालिरहेको थियो भने सानो हेलिकप्टरले HMG बाट गोलीको बर्सा गरिरहेको थियो। हाम्रो GPMG समूहले डाँडाबाट प्रत्याक्रमण सुरु गर्‍यो। मनिमारे एकाएक रणभूमिमा परिणत भयो। MI–17 हेलिकप्टरमा GPMG को बुलेट लाग्दा झिल्का निस्किएका देखिन्थे। त्यसपछि शाही हेलिकप्टर आकाशमा उचाइ लिँदै उड्न थाल्यो।

हाम्रो डिभिजन मनिमारेको चौर छोडेर विभिन्न कभरतिर जाँदै थियो। हेडक्वाटर टिमका कमरेड पासाङ, विप्लव, सुदर्शन, सुनिललगायत केहि चौरको बीचमा रहेको खरको छानो भएको झुप्रोभित्र प्रवेश गर्नुभयो भने कोहि नजिकैको खोल्सोतिर। म पनि अतिथि दीर्घाबाट नेतृत्वको टिमसँगै झुप्रोमा पुगेको थिएँ। खरको छानोमाथि गोलाको वर्षा भइरहेको थियो। हामी भने झुपडीको सानो भित्तामा हेलिकप्टर आक्रमणको आर्क अनुसार घुम्दै–घुम्दै कभर बदल्दै थियौँ।

हेलिकप्टर अर्को साइडमा पुगेको बेला कमान्डर कमरेड सुनिलले नेतृत्वलाई खोल्साको कभरतिर लाग्न सल्लाह दिनुभयो। तर उहाँ स्वयं भने त्यही झुप्रोमै रहनुभयो र हेलिकप्टरको गतिविधि अवलोकन गर्न थाल्नुभयो। फाइटर हेलिकप्टर चौरको पूर्वी आकाशमा उड्दै थियो। कमरेड सुनिल गोठ/झुप्रोको ढोकाबाट बाहिर निस्केर साइडको भित्तोबाट हेलिकप्टरको मूभमेन्ट हेर्न खोज्नुभयो। मैले पछाडिबाट “कमरेड, त्यता नजानुहोस्!” भन्दै थिएँ।

त्यसैबेला HMG को बुलेट उहाँको देब्रे कन्चटमा लाग्यो र उहाँ भुइँमा पछारिनुभयो। गोली दायाँ कन्चटबाट ठूलो भ्वाङ पारेर निस्किएको थियो। उहाँको मुखबाट “ऐया” बाहेक केही शब्द निस्कन सकेन। उहाँको स्टाफलगायत साथीहरूले उहाँको शरीरलाई ढोकानजिक ताने र हेलिकप्टर पश्चिम दिशामा पुगेको बेला पार्थिव शरीर बोकेर खोल्सातिर लाग्यौँ।

यसरी एउटा महान नेता, शिक्षक र कुशल कमान्डर सदाका लागि हामीबीचबाट विदा हुनुभयो। त्यही बेला हामीभन्दा केही मिटर तल, मेरो बाल्यकालदेखिको गाउँका दाजु, राजनीतिक आन्दोलनका प्रेरक र जनमुक्ति सेनाका कम्पनी कमान्डर कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’ पनि पेटमा गोली लागेर शहीद भइसक्नुभएको रहेछ। त्यो खबरले मलाई अझै बेचैन बनायो।

जब झिसमिसे साँझ पर्यो, युद्धभूमिमा परिणत मनिमारे शान्त हुँदै थियो। तर भक्कानिएको भावना र समवेदनाका छालले भने हाम्रो मौनता निरन्तर तोडिरहेको थियो।

डिभिजन घोषणा कार्यक्रमकै दिन आफ्नै कमान्डरको सहादत, यो त सोच्नै नसकिने पीडा थियो। अर्कोतिर बाल्यकालदेखिका दाजु समान अग्रज कमरेड निर्ममको सहादत, यी दुबै दुःखद घटनाले मुटु चिरियो। तर पनि, उक्त शोकलाई शक्तिमा रूपान्तरण गर्दै अघि बढ्नुबाहेक हाम्रो सामु विकल्प थिएन। हामीले उहाँहरू प्रति श्रद्धाञ्जली अर्पण गर्यौँ र बाटो नछाड्ने कसम खायौँ।

आज हामी त्यस यता २० वर्ष पार गरेर यहाँ आइपुगेका छौँ। एकात्मक राजतन्त्रको स्थान अहिले संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको छ। नागरिकहरू लोकतन्त्रको सुदृढीकरणका लागि निरन्तर संघर्षरत छन्। उहाँहरू भौतिक रूपमा हुनुहुन्न, तर जनताको नजरमा अमर बन्नुभएको छ। हामी बाँचेका छौँ, गल्ती गर्न सक्छौँ, तर उहाँहरू महान बन्नुभयो। मनिमारेमा अहिले सुनिल-निर्मम सहिद स्मृति पार्क बनेको छ र सहिदहरूको स्मृतिमा कार्यक्रम भैरहन्छन।

महान शहीद कमरेड किमबहादुर थापा ‘सुनिल’ र कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। 

सुनिल स्मृति गाउँपालिका, रोल्पाका पूर्व उपाध्यक्ष महान सहिद कमरेड सुनिलको जीवनसाथी आदरणीय दिदी बागमती थापा लगायत सम्पूर्ण परिवारजन तथा सल्यानमा रहनुभएका कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’की ममतामयी आमा रती पुन, उहाँको जीवनसाथी हेमन्ता बुढाथोकी, छोरीहरू सारदा पुन, गायत्री पुन र छोरा भरत पुनप्रति हार्दिक सम्मान एवम् समवेदना प्रकट गर्दछु। साभार: एभरेष्ट दैनिकडटकमबाट-सम्पादक

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending