विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारी माथि लागेको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा एमालेको सांगठनिक सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।
बुधबार मन्त्री अधिकारीले प्रदेश सरकार र पार्टीको बढ्दो आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका थिए । अधिकारी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान भ्रमणमा गएपछि उनीमाथि मानव तस्करीको आरोपमा प्रहरीले छानविन गर्ने तयारी गरिरहेका बेला पार्टीले निलम्बन गरेको छ ।
मन्त्री अधिकारीमाथि आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रूपमा मानिसहरूलाई जापान पुर्याउन खोजेको आरोप छ । अधिकारीसँगै जापान पुगेका खोटाङका दावा शेर्पा, जनक राई, र रसुवाका कञ्चन देवकोटालाई जापानको अध्यागमन विभागद्वारा डिपोर्ट गरिएको थियो ।
पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान गर्दा, मन्त्री अधिकारीले मन्त्रालयकै नक्कली परिचय पत्र बनाएर ती व्यक्तिहरूलाई जापान पुर्याउने प्रयास गरेको पाइएको छ । बरामद नक्कली कार्डहरूमा निमित्त कार्यालय प्रमुखका रूपमा मन्त्री अधिकारीकै हस्ताक्षर रहेको बताइएको छ।
पक्राउ परेकाको बयानका आधारमा थप तीन व्यक्तिहरूलाई पनि मानव तस्करी अभियोगमा पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा जुगल रिजाल, वीरबहादुर सुनुवार, र महेश पाण्डे रहेका छन् । यस घटनासँग जोडिएका प्रमाणहरूका आधारमा प्रहरी अधिकारीहरूले मन्त्री अधिकारीलाई आर्थिक लाभको उद्देश्यले यो योजना बनाएको भन्दै अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको छ ।
एमाले कोशी प्रदेशले मन्त्री अधिकारीले गरेको यो कार्यलाई गम्भीर रूपमा लिएर पार्टीको सैद्धान्तिक र अनुशासनात्मक मापदण्डविपरीत भएको ठहर गरेको छ । पार्टीले अधिकारीलाई निलम्बन गर्दै यो घटनाको पूर्ण छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: