Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

विदेशबाट फर्केर सेल पकाउन थालिन्, तिहारमा कमाइन् १ लाख

खबरडबली संवाददाता

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी रीता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् ।

उनले दुई वर्षदेखि सेलरोटी बनाएर बिक्री गर्दै आएकी छन् । ‘म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन्’, उनले भनिन् ।

दैनिक रुपमा मागअनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री वितरण गर्ने गरेको उनी बताउँछिन् । गुरुङलाई तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुन्छ ।

‘अन्य बेलाभन्दा दशैंतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ’, उनले भनिन्, ‘सेलरोटीका लागि अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ ।’

केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक कुवेत गएर फर्किएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिन् ।

उनले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेकी थिइन् । ‘मैले प्रत्येक वर्ष तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ’, गुरुङले भनिन्, ‘एकपटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ ।’

उनले यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा ३०, फिनीरोटी प्रतिगोटा ४०, सेलरोटी प्रतिगोटा ३० र बतासा रोटी प्रतिगोटा १५ मा बिक्री गरिन् । सिजनमा रोटी व्यवसायबाट राम्रो आम्दानी हुनुका साथै घरखर्च चलाउन निकै सहज भएको उनको भनाइ छ ।

‘म केही वर्षअघि रोजगारीका लागि विदेशसमेत गएर फर्किएँ, विदेशमा काम गर्न अत्यन्तै गाह्रो हुँदोरहेछ, आफूले सोंचेको र भनेको जस्तो नहुँदो रहेछ’, गुरुङले भनिन्, ‘विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्के, यहाँ अहिले आफ्नै मेहनतले राम्रै आम्दानी भएको छ ।’

विदेशबाट फर्केर खोलेको खाजा नास्ता पसलसँगै सेलरोटी बनाउने उद्यमले अहिले रिताले आफ्नो घरपरिवार पाल्नेदेखि छोराछोरीको पढाइ खर्च जुटाएकी छन् ।

‘खाजा नास्तासँगै चाडबाडमा, त्यसमा पनि तिहारका बेलामा रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पुर्‍याउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ’, उनले भनिन्, ‘यो तिहारमा राम्रै बिक्री भयो, ठ्याक्कै हिसाब त गरेको छैन तर एक लाखभन्दा धेरै नै आम्दानी भयो ।’

रोजगारीका लागि भौतारिएर ठूलो रकम खर्च गरेर विदेश जानभन्दा सानोतिनो लगानीमा स्वदेशमै केही उद्यम व्यवसाय गर्नसके विस्तारै राम्रो आम्दानी हुने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending