काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिएका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहेको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिव मनोनयन गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहेका छन् ।
अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभागमा सदस्य–सचिव र सदस्य मनोनयन गरेका छन् । विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) रहेका छन् भने सदस्यमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा) लाई मनोनयन गरेका छन् ।
यसैगरी सदस्य तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउ ।
अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा दुवै विभागका सदस्य–सचिव तथा सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: