Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

बयानका लागि रवि लामिछानेलाई आज पोखराबाट बुटवल लगिँदै

खबरडबली संवाददाता

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ। 

रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो। 

पोखराबाट बुद्ध एयरको विमानबाट आज  बिहान रुपन्देही ल्याउन लागिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जीतसिंह राठौरले बताए। 

यद्यपि भैरहवाको विमानस्थल बिहानमा नखुल्ने भएका कारण ल्याउन ढिलाइ हुनसक्ने राठौरको भनाइ छ। विमानस्थलबाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ। त्यसपछि जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालयमा लगिने छ। 

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी एजेण्डामा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रवक्ता म...

निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा

टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र वि...

कक्षा ९, १० र ११ मा अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने

काठमाडौं । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ।  राष्ट्रिय परीक्...

बुद्धकालीन सहरको संरचना भेटिएको दाबी

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरक...

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी

काठमाडौँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित ...

रविको बयान आज पनि, कहिलेबाट होला थुनछेक बहस ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी हुनेछ.। जिल्ला अदालत काकस्कीमा बिहीबार दिउँसोबाट बयान गराउन सुरु भए पनि...

कटारीमा वन्यजन्तु पुनःस्थापना केन्द्र सञ्चालन

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ। ...

किन नजिकिँदै छन् जनार्दन र विप्लव ? ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै ...

आजबाट भित्रँदैछ पानी पार्ने प्रणाली, यी स्थानमा हुनेछ वर्षा र हिमपात

काठमाडौं । आज साँझबाट वर्षा र हिमपात गराउने प्रणाली भित्रिने भएको छ । यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले विश...

कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।  चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हज...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy