सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ। मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।
मेलामा आयोजित कुस्ती प्रतियोगिताको दोस्रो दिनसम्ममा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवान सहभागी भएका मेला समितिका अध्यक्ष रामअधार यादवले बताए। उनले भने, “मेलालाई भव्य बनाउनका लागि विगतमा जस्तै यसपाली पनि नेपाल र भारतका नाम चलेका पहलवानको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भइरहेका छन्।”
प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विभिन्न राज्यबाट श्रद्धालु भक्तजन आउने गर्दछन्। मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिएको मेला समितिका अध्यक्ष यादवले जानकारी दिए।
पौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। यहाँ स्नान एवम् पूजापाठ गर्न हरिबोधिनी एकादशीका साथै तीनै दिन भक्तजन तथा दर्शनार्थी आउने गर्दछन्।
प्रत्येक वर्ष लाग्ने यस मेलाले ऐतिहासिक तथा धार्मिकस्थल कमलदहको संरक्षण सम्बर्द्धनसँगै पर्यटकीय क्षेत्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले बताए। मेलामा कुस्तीप्रेमीले यस खेललाई उत्सवकै रूपमा लिने गरेकाले यसको संरक्षण र सम्बर्द्धनमा नगरले विशेष महत्व दिएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: