नेपालगञ्ज । यहाँको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन् ।
गत कात्तिक १९ गते परेको बेमौसमी बर्सातका कारण किसानले तीन सय हेक्टर बढी क्षेत्रफलमा लगाएको आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका हुन् । बीउ कुहिँदा करिब रु एक करोड लगानी खेर गएको किसानले बताएका छन् ।
डुडुवा–६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षाका कारण कुहिँदा एक लाखभन्दा बढी घाटा बेहोरेको बताए । “तिहारको भोलिपल्ट परेको पानी खेतभरि जम्यो, पानी जमेपछि बीउ उम्रिएन, सबै कुहियो” उनले भने ।
उाले एउटा पनि नटुसाएको र खनेर हेर्दा बीउ सबै कुहिएको देखिएकाले अब हिउँदभर जमिन बाँझो हुने बताए । आलुसँगै आलुको बीउसमेत उत्पादन गर्दै आउनुभएका अर्का किसान वंशीलाल मौर्यले वर्षाले ठूलो क्षति बेहोर्नुपरेको बताए ।
“मैले करिब ४० देखि ४५ बिघा क्षेत्रफल जग्गामा आलु लगाउँदै आएको थिएँ, आलुको बीउ मात्र उत्पादन गर्न दुई बिघा पाँच कट्ठा जमिनमा बीउ रोपेको थिएँ, खेतमा पानी जमेपछि सबै नष्ट भयो”, उनले भने ।
डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट हुँदा करिब रु एक करोड बराबरको आर्थिक क्षति पुगेको बताए । वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगञ्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा बर्षाले ठुलो क्षति पुगेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवाका किसान बढी प्रभावित भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - ०८:१८
भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...
चैत्र २३ गते, २०८२ - ०८:१५
काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...
चैत्र २३ गते, २०८२ - ०८:०६
काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...
चैत्र २३ गते, २०८२ - ०८:०१
काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...
चैत्र २३ गते, २०८२ - ०७:५८
काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...
चैत्र २३ गते, २०८२ - ०७:५१
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...
चैत्र २३ गते, २०८२ - ०७:४५
काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...
चैत्र २३ गते, २०८२ - ०७:३५
चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...
चैत्र २३ गते, २०८२ - ०७:२८
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...
चैत्र २३ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: