Ntc summer Offer
Khabar Dabali २७ असार २०८२ शुक्रबार | 11th July, 2025 Fri
Investment bank

आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति

खबरडबली संवाददाता

नेपालगञ्ज । यहाँको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन् ।  

गत कात्तिक १९ गते परेको बेमौसमी बर्सातका कारण किसानले तीन सय हेक्टर बढी क्षेत्रफलमा लगाएको आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका हुन् । बीउ कुहिँदा करिब रु एक करोड लगानी खेर गएको किसानले बताएका छन् । 

डुडुवा–६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षाका कारण कुहिँदा एक लाखभन्दा बढी घाटा बेहोरेको बताए । “तिहारको भोलिपल्ट परेको पानी खेतभरि जम्यो, पानी जमेपछि बीउ उम्रिएन, सबै कुहियो” उनले भने । 

उाले एउटा पनि नटुसाएको र खनेर हेर्दा बीउ सबै कुहिएको देखिएकाले अब हिउँदभर जमिन बाँझो हुने बताए । आलुसँगै आलुको बीउसमेत उत्पादन गर्दै आउनुभएका अर्का किसान वंशीलाल मौर्यले वर्षाले ठूलो क्षति बेहोर्नुपरेको बताए । 

“मैले करिब ४० देखि ४५ बिघा क्षेत्रफल जग्गामा आलु लगाउँदै आएको थिएँ, आलुको बीउ मात्र उत्पादन गर्न दुई बिघा पाँच कट्ठा जमिनमा बीउ रोपेको थिएँ, खेतमा पानी जमेपछि सबै नष्ट भयो”, उनले भने । 

डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट हुँदा करिब रु एक करोड बराबरको आर्थिक क्षति पुगेको बताए । वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगञ्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा बर्षाले ठुलो क्षति पुगेको बताए । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवाका किसान बढी प्रभावित भएको जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै, आर्थिक गतिविधिलाई चलायमान बनाउला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नर विश्वनाथ पौडेलले ब...

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ ।  केन्द्रले चालु आर्थिक वर्ष २०८१÷८२ मा कृत्रिम गर्भ...

काठमाडौं महानगरको कार्यपालिका बैठक आज बस्दै

काठमाडौं । स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउने समयसीमा घर्किएपछि काठमाडौं महानगरपालिकाले बल्ल नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ ।  वि...

कालीमाटीमा महँगियो आलु, च्याउको भाउ घट्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलक...

कालीगण्डकी करिडोरमा निरन्तर चट्टानसहितको पहिरो, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष ...

प्रधानमन्त्री ओलीको दाबी- सरकारको एक वर्षको उपलब्धि अर्थतन्त्रमा प्रष्ट सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्षे कार्यकालमा अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले अर्थतन्त्र...

कांग्रेसले फेरि गर्‍यो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्...

कहाँबाट आएर संसद् भवनमा खसेको थियो ड्रोन ? पाँच जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । संङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी ...

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान र...

चन्दा सङ्कलन गरेर प्रहरी चौकी

खोटाङ । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending