Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

वीरगन्जबाट साढे २२ किलो चरेससहित तीनजना पक्राउ

खबरडबली संवाददाता

वीरगन्ज । वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर निवासी २९ वर्षीय मकसुद अन्सारी, भारत विहारको आदापुर–९ निवासी २९ वर्षीय मुकेश कुमार र सिम्रौनगढकै २० वर्षीय रामलाल सहनी रहेका छन् । 

प्रहरीका अनुसार बुधबार साँझ करिब ६ बजेको समयमा वीरगन्ज महानगरपालिका–१५ भिस्वा होटल अगाडिको ४० फिटे सडक खण्डमा प्रहरीले लागुऔषध खरिद बिक्री भइरहेको सूचनाका आधारमा तीनजनालाई नियन्त्रणमा लिएको हो । 

प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले ना. १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार तीनजनालाई खनतलासी गर्दा २२ किलो ५ सय ग्राम चरेस बरामद भएको हो । 

प्रहरी नायव उपरीक्षक भारतीका अनुसार उनीहरूले बोकेको कालो झोला र सेतो प्लास्टिकको बोराबाट ५०० ग्रामका ४५ प्याकेटमा साढे २२ किलो चरेस फेला परेको हो । उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुईजना नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्...

लोकतन्त्रको पूर्ण सुनिश्चितताको शर्त शान्ति सुरक्षा हो: गृहमन्त्री लेखक

पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्...

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न शिक्षा समितिको निर्देशन

काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरका...

माेरङमा अनलाइन सट्टेबाजी खेलाउने दुईजना पक्राउ

माेरङ । मोरङ पथरी–शनिश्चगर नगरपालिका– ९ स्थित गुम्बाटोलमा रहेको रामप्रसाद खरेलको घरमा अनलाइन सट्टेबाजी खेलाउने दुईजनालाई इप्रका पथरीले पक्राउ गरेको हो...

चालु आर्थिक वर्षकाे चार महिनामा इन्स्पेक्टरसहित ५१९ प्रहरी कारबाहीमा

काठमाडाैं । चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी ...

चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

मकाउ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन् । सी बुधब...

कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्री पौडेलको अुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् ।  बालबालिकाको उपचा...

पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि: प्रहरी

काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को ...

सुर्खेतकाे छिन्चुमा प्रादेशिक अस्पतालको भवन बन्ने

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको...

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार

बेरूत । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy