Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उनलाई रोक्न सक्छ । 

सियोल केन्द्रीय जिल्ला अदालतले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङलाई सार्वजनिक आधिकारिक निर्वाचन ऐनको उल्लङ्घन गर्दै झुटो बयान दिएकोमा दोषी ठहर गरेको हो । अदालतले उनलाई एक वर्षको जेल सजाय र दुई वर्षका लागि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुनबाट निलम्बन गरेको अदालतको प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । यो मुद्दा सन् २०२२ को चुनावी अभियानमा लीले दिएको बयानसँग सम्बन्धित छ । 

फैसलापछि लीका आक्रोसित समर्थकहरू अदालत बाहिर भेला भई उनको पक्षमा नाराबाजी गरेका थिए । नेता लीले फसलालाई कोरियाली इतिहासको कालो दिन मान्ने वाचा गर्दै फैसला स्वीकार गर्न निकै गाह्रो भएको बताएका छन् । उनले भने, “मलाई विश्वास छ कि हाम्रा जनताले सामान्य ज्ञान र न्यायको भावना प्रयोग गरेर आफ्नै निष्कर्षमा पुग्न सक्छन ।”

सन् २०२७ मा हुने दक्षिण कोरियाको आगामी राष्ट्रपति चुनावमा लीलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ । यद्यपि लीले धेरै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको छ । लीले सन् २०२१ डिसेम्बरमा विवादास्पद विकास परियोजनाका प्रमुख व्यक्तित्व किम मुन–कीलाई नचिनेको भनी झूटो बयान दिएका थिए । किम केही दिन अघि मृत फेला परेका थिए तर उनको मृत्युको बारेमा प्रहरीले प्रमाण फेला नपारेको जनाएको छ । अभियोजकहरूले लीलाई दुई वर्षको जेल सजायको माग गरेका थिए । 

सन् २०२१ मा संसदीय सुनुवाइका क्रममा भूमि, पूर्वाधार र यातायात मन्त्रालयले स्थानीय अधिकारीहरूलाई अर्को विवादास्पद विकास परियोजनाका लागि ‘दबाब’ दिएको भन्दै झूट बोलेको आरोप पनि ली माथि लगाइएको छ । फैसला कार्यन्वयन भयो भने, दक्षिण कोरियाली कानूनले लीको संसदीय सीट खारेज गरी अर्को पाँच वर्षसम्म सार्वजनिक पदका लागि प्रतिबन्ध लगाउनेछ । प्रतिवन्धले सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उनलाई उम्मेदवार बन्नबाट रोक लगाउनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending