Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

खबरडबली संवाददाता

तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ । 

आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलज्ञे सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गरे । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ । 

मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ । 

पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा २ जना तेस्रो लिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ। कीर्...

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४...

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नवलपरासी । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।  बुलिङटार गाउँप...

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४...

जब सांसदले विधेयक च्यातेर संसद्‌मै 'हाका नाच्न' थाल्छन्....

वेलिङटन । सदनमा जब २२ वर्षीया एक युवा सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्‌मै आफ्नो परम्परागत ुहाका नृत्यु प्रस्तुत गर्न थाल...

‘सूचना अभियन्ता’ भूलको हत्यामा संलग्नमध्ये ८ जना पक्राउ, एक अझै फरार

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलका ३० वर्षीय ‘सूचना अभियन्ता’ सुरेश भूलमाथि कुटपिट गरी हत्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ...

सालनालसहितको नवजात शिशु छोडेर आमा बेपत्ता

झापा । झापामा सालनाल सहितको नवजात शिशु भेटिएको छ। झापाको मेचीनगर नगरपालिका – १० स्थित निन्दा खोला नजिकै घारीमा सालनाल सहितको नवजात शिशु (छोरी)जिवितै भ...

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-...

चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ

 काठमाडौं । चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । हेटौंडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घ...

रूपन्देही सुपरलिगः देवदह ९५ रनले विजयी

भैरहवा  । देवदह क्रिकेट युनिटले बुटवल–११ क्रिकेट क्लबलाई पराजित गर्दै जित निकालेको छ । भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy