Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

मलद्वारमा लागुऔषध लुकाएर ल्याउने २३ कारोबारी पक्राउ

खबरडबली संवाददाता

झापा । काँकरभिट्टा नाकाबाट मलद्वारमा लागुऔषध लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदा सुरक्षित हुने ठानेर त्यस उपायलाई धेरैले अपनाउन थालेपछि सशस्त्र प्रहरीले शिकारी कुकुरको सहयोगमा त्यस्ता कारोबारीहरुलाई पक्राउ गरेको हो ।

गत साउन १ देखि कात्तिक ३० गतेसम्म मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले जनाएको छ । कारोबारीले प्लाष्टिकमा पोको पारेर मलद्वारमा ३५ ग्रामसम्म ब्राउनसुगर ल्याउने गरेको पाइएको छ ।

गुल्मले चार महिनाको अवधिमा लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेकोमा २३ जना मलद्वारमा ल्याउनेहरु रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए ।

साथमा ल्याउने ७ जना, मुखमा हालेर ल्याउने एकजना, हेल्मेटभित्र लुकाएर ल्याउने एकजना, सूर्तिको प्याकेटभित्र ल्याउने एकजना, झोलामा ल्याउने एकजना र साइकलको हेन्डलभित्र ल्याउने एकजना पक्राउ परेको डीएसपी विष्टले जानकारी दिए ।

चार महिनाको अवधिमा सशस्त्र प्रहरीले १६०.०१० ग्राम ब्राउनसुगर काँकरभिट्टा नाकाबाट बरामद गरेको छ । त्यसमध्ये ११८.०६० ग्राम ब्राउनसुगर मलद्वारबाट बरामद गरिएको डीएसपी विष्टको भनाइ छ ।

सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा दुईवटा तालिमप्राप्त कुकुर राखेको छ । जोजो भन्ने कुकुरले सुँघेर लागुऔषध पत्ता लगाउने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मलद्वारमा लागुऔषध लुकाएर ल्याउने २३ कारोबारी पक्राउ

झापा । काँकरभिट्टा नाकाबाट मलद्वारमा लागुऔषध लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदा सुरक्षित हुने ठानेर त्यस उपाय...

अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

काठमाडौं ।  भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु सघन उपचार ...

मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

काठमाडौँ । डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन् । त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन् । तर उनक...

मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

काठमाडौँ । डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन् । त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन् । तर उनक...

खुला सीमाका कारण पर्साका युवा लागुऔषधको कुलतमा फस्दै

पर्सा । खुला सीमानाकाका कारण पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश यु...

गण्डकी प्रदेश सभाबाट सांसद गौचनको अन्तिम बिदाइ

पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको शवमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरिएको छ ।  गत २८ गते ग्राण्डी अस्पतालमा निधन भएक...

जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा २ जना तेस्रो लिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ। कीर्...

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४...

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नवलपरासी । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।  बुलिङटार गाउँप...

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy