Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

खबरडबली संवाददाता

हेटौँडा। सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्म मकवानपुरको ८६ हजार दुई सय ७९ घरमध्ये ४४ हजार नौ सय ६१ बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड हेटौँडा मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी मकवानपुरको मनहरी गाउँपालिकामा ८० प्रतिशतले स्वास्थ्य बिमा गराएका छन् भने सबैभन्दा कम बागमती गाउँपालिकामा १२ प्रतिशत घरले मात्र स्वास्थ्य बिमा गराएका छन् ।

मनहरी गाउँपालिकामा सात हजार एक सय ३१, हेटौँडा उपमहानगरपालिकामा २४ हजार आठ सय ३४, मकवानपुरगढी गाउँपालिकामा दुई हजार तीन सय ६६, थाहा नगरपालिकामा तीन हजार एक सय २५, भीमफेदी गाउँपालिकामा एक हजार छ सय ४२, कैलाश गाउँपालिकामा एक हजार चार सय ४९, बकैया गाउँपालिकामा दुई हजार ५६, इन्द्रसरोवर गाउँपालिकामा सात सय १५, राक्सिराङ गाउँपालिकामा नौ सय ५३ र बागमती गाउँपालिकामा छ सय ८३ को स्वास्थ्य बिमा भएको प्रमुख खड्काले बताए ।

कार्यालयमा बिमा दर्ताका लागि थप आवेदनहरु आइसकेको र ती सबै आवेदन दर्ताको तयारी भइरहेको प्रमुख खड्काले बताए । मकवानपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ताको कार्य गर्दै आएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरुलाई जिल्लाको आठ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिने गरेका छन् । प्रमुख खड्काका अनुसार स्वास्थ्य बिमामा जोडिएकाहरुलाई मकवानपुरको हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । 

प्रत्येक वडामा एक/एक जना सहजकर्ता परिचालन गरी बिमाको महत्व, यसको प्रक्रिया र बिमा कार्यक्रमबाट प्राप्त हुने सुविधाहरुका बारेमा प्रचारप्रसार गर्नुका साथै बिमा गराउनेहरुको नाम दर्ताको कार्य भइरहेको प्रमुख खड्काले बताए ।
सहजकर्तामार्फत दर्ता भएको बीमितहरुको नामलाई प्रत्येक तीन/तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने बीमितहरुले बिमा सेवा पाउने गरेको उनको भनाइ छ । 

पाँच जनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले रु तीन हजार पाँच सयको प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बिमा पाइने व्यवस्था छ ।  पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक रु सात सयका दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा रु २० हजार थपिने जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending