Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

विवादित व्यक्तिलाई आफ्नो मन्त्रिपरिषद्‌मा ल्याउँदै ट्रम्प

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्‌का लागि छानेका कतिपय सदस्यमाथि 'गलत कार्य गरेको' सहितका गम्भीर आरोपहरू लागेका छन्। 

त्यस्ता विवादित व्यक्तिहरूलाई छानेको भन्दै व्यापक आलोचना भएपछि ट्रम्पको अभियान रक्षात्मक बन्दै उनका निर्णयको बचाउ गरिरहेको छ।

ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा छानेका पिट हेग्सेथमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो। उनले त्यसलाई अस्वीकार गरेका थिए।

ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्जमाथि नैतिक पतनसम्बन्धी अनुसन्धान गरिएको थियो। ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपप्रति आशङ्का गर्ने व्यक्ति हुन्।

ट्रम्पले आगामी ज्यानुअरीमा पद सम्हाल्दा उनले छानेका यी व्यक्तिहरूलाई अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ।

सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण भए पनि उनको मन्त्रिपरिषद्‌मा छानिएका व्यक्तिहरूले द्विपक्षीय सुनुवाइका क्रममा व्यापक प्रश्नहरूको सामना गर्नु पर्नेछ।

ट्रम्पका विवादित रक्षामन्त्री

प्रहरीले शुक्रवार ट्रम्पले रक्षामन्त्रीका रूपमा छानेका हेग्सेथमाथि सन् २०१७ मा क्यालिफोर्निआमा एउटा यौन दुर्व्यवहारसम्बन्धी मामिलामा अनुसन्धान गरिएको बताएको छ।

फक्स न्यूजका प्रस्तोता उनले विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका थिए। त्यस क्रममा उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। हेग्सेथले चाहिँ यौन दुर्व्यवहार गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन्।

ट्रम्पका प्रवक्ता स्टिभन चङले भने, "हेग्सेथले सबै आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् र उनीमाथि कुनै अभियोग लगाइएको छैन।"

सैन्य सेवामा रहँदा उनीमाथि लागेको आरोप

यसैबीच बीबीसीको अमेरिकी साझेदार सीबीएसले चाहिँ हेग्सेथलाई एक पटक उनले "श्वेत सर्वोच्चतावादी" ट्याटू खोपेका छन् भन्ने सोचेर उनकै सैन्य सहकर्मीहरूले "आन्तरिक खतरा" ठानेकोबारे रिपोर्टिङ गरेको छ।

यद्यपि उनले आफ्नो कुनै पनि त्यस्ता उग्रवादी समूहसँग सम्बन्ध नभएको भन्दै अस्वीकार गरेका थिए। मिनसोटा न्याशनल गार्डका पूर्व सदस्य उनले आफ्नो 'बाइसेप'मा "देउस् भोट" भन्ने ट्याटू राखेका छन्।

उक्त ल्याटिन वाक्यांशको अर्थ "गड विल्स इट" अर्थात् "परमेश्वर यो चाहनुहुन्छ" भन्ने हो। उक्त नारा मध्ययुगमा क्रिश्चियनहरूले धर्मयुद्धका बेला प्रयोग गरेका थिए।

एकजना सेवानिवृत्त मास्टर सार्जेन्ट डेरिको गेथरले सीबीएससँग भने, "मैले त्यसलाई हेरेँ र त्यो ट्याटूको सम्बन्ध चरमपन्थी समूहहरूसँग थियो।" उनले सैन्य नेतृत्वलाई त्यसबारे जानकारी दिएर सचेत गराएको बताए।

ट्रम्पका उपराष्ट्रपतिको बचाउ

अमेरिकी उपराष्ट्रपतिका रूपमा निर्वाचित जेडी भान्स ले हेग्सेथको प्रतिरक्षा गरेका छन्। उनले उक्त ल्याटिन वाक्यांशको अर्थ क्रिश्चियन आदर्श वाक्यभन्दा बढी केही नभएको दाबी गरे।

उनले एसोसिएटेड प्रेस अर्थात् एपीलाई "घृणित क्रिश्चियन विरोधी कट्टरता" फैलाएको आरोप लगाए। उक्त समाचार संस्थाले त्यसबारे पहिलो पटक रिपोर्टिङ गरेको थियो।

हेग्सेथलाई सन् २०२१ मा राष्ट्रपति जो बाइडनको पदभारग्रहणका बेला वाशिङ्टन डीसीमा अधिकृतका रूपमा सेवा गर्नबाट रोक लगाइएको थियो।

यसै वर्षको सुरुमा प्रकाशित एउटा पुस्तकमा उनले आफूलाई ट्याटूका कारण आफ्नो कर्तव्य पूरा गर्नबाट रोकिएको उल्लेख गरेका छन्।

ट्रम्पका महान्यायाधिवक्तामाथि लागेको आरोप

ट्रम्पले महान्यायाधिवक्ताका लागि छानेका म्याट गेट्ज पनि विवादित छविका व्यक्ति हुन्। कङ्ग्रेस सदस्य हुँदा यौन दुर्व्यवहार गरेको आरोपको सामना उनले गरिरहेका छन्।

अमेरिकी न्याय मन्त्रालयको नेतृत्वका लागि ट्रम्पले मनोनयन गरेको केही घण्टाभित्रै उनले गत बिहीवार अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभको फ्लोरिडा सीटबाट राजीनामा दिएका छन्।

संसद्‌बाट बहिर्गमनले उनीमाथि लागेका यौन दुर्व्यवहार, घुस र अवैध लागुऔषध प्रयोगबारे आरोपहरूको अनुसन्धान गरी तयार पारिएको संसदीय प्रतिवेदन सार्वजनिक गर्न रोकिएको छ।

उक्त सदनका सभामुख माइक जोन्सन पनि रिपब्लिकन हुन्। उनले शुक्रवार गेट्ज उक्त सदनको सदस्य नरहेकाले प्रतिवेदन गोप्य राखिएको बताए।

प्रतिवेदन सार्वजनिक गर्न माग

सदस्यहरूले त्यसलाई सार्वनजिक गर्न माग गरे पनि सभामुखले त्यसलाई गोप्य राख्ने बताएका छन्।

त्यसको घण्टौँपछि संसद्‌को नैतिकतासम्बन्धी एक समितिमा साक्षी बनेका दुई जना महिलाका वकिलले सांसदहरूलाई उक्त समितिको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।

जो लेपर्डले सीबीएसलाई बताएअनुसार उनको कानुनी सेवा लिने एक महिलाले गेट्जले सन् २०१७ मा फ्लोरिडामा एक नाबालिगसँग यौनसम्बन्ध राखेको देखेकी थिइन्।

यद्यपि न्याय मन्त्रालयले गत वर्ष उनीमाथि लागेका आरोपहरूको अनुसन्धान गरेको थियो र गेट्जविरुद्धका आरोपहरू अघि बढाउन अस्वीकार गरेको थियो।

उनले ओर्लान्डोको एउटा पार्टीमा १७ वर्षकी कोशोरीसँग यौनसम्पर्क गरेको दाबीलाई यसअघि अस्वीकार गरेका थिए।

फ्लोरिडाबाट सांसद बनेका ४२ वर्षीय उनले शुक्रवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "मलाई सिध्याउनका लागि झूटलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ।"

खोपविरोधी स्वास्थ्यमन्त्री

ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर अर्का विवादित व्यक्ति हुन्।

सङ्क्षिप्त नाम आरएफके जूनिअरबाट पनि चिनिने केनडीले खोपप्रति आशङ्का व्यक्त गर्दै र बोल्दै आएका छन्। उनी वैज्ञानिकहरूले मिथ्या भन्दै आएका स्वास्थ्यसम्बन्धी जानकारी फैलाउन पनि सक्रिय देखिन्छन्।

"बिग फर्मा" भनिने ठूला औषधि कम्पनीप्रति कडा नीति लिने वाचा गर्दै आएका उनलाई स्वास्थ्यमन्त्रीका रूपमा घोषणा गरिएपछि विश्वभरिका खोप निर्माता तथा स्वास्थ्य सेवा दिने कम्पनीहरूको शेअर शुक्रवार व्यापक रूपमा घट्यो।

पच्चीस हजार जना सदस्य रहेको अमेरिकन पब्लिक हेल्थ एसोसिएसनका प्रमुखले खोपबारे केनेडीको आलोचनाले "देशको स्वास्थ्य क्षेत्रमा पहिले नै ठूलो क्षति पुर्‍याएको" बताए।

जर्ज सी बेन्जामिनले स्वास्थ्यमन्त्रीका लागि केनेडी "बिल्कुल गलत मान्छे" भएको दाबी गरे।

ट्रम्प आफैँले भने हालसम्म आफूले छानेका व्यक्तिहरूबारे भइरहेको आलोचनालाई सम्बोधन गरेका छैनन्। उनले अझै पनि केही पदहरूमा मानिसहरू छान्न बाँकी नै छ।

अर्थमन्त्री र एफबीआईको प्रमुखजस्ता पदमा गरिने नियुक्तिबारे हालसम्म उनले कसैको नाम घोषणा गरेका छैनन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending