Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

खबरडबली संवाददाता

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । बालविकासदेखि नै नयाँ विद्यार्थी भर्नाका लागि आउँदा कतिपय विद्यालयले शुल्क उठाउने गरेको पाइएको हो । गाउँपालिकाभित्रका अधिकांश विद्यालयले कक्षा ६ देखि भने अभिभावक सेवा शुल्क भन्दै मासिक शुल्क उठाउने गरेका छन् । कक्षा ९ भन्दा माथिल्लो कक्षा सञ्चालन भएका सबै विद्यालयले शुल्क उठाइरहेका छन् ।

जानकी –९ मा रहेको हिमालय माध्यमिक विद्यालयले बालविकासमा नयाँ विद्यार्थी भर्ना हुँदा होस् वा अन्य कक्षामा भर्ना हुँदा पहिलोपटक शुल्क उठाउने गरेको प्रधानाध्यापक खगेन्द्रराज ओझाले बताउनुभयो  । “पहिलोपटक भर्ना हुँदा शुल्क लाग्छ । बाँकी कक्षा ६ बाट मासिक शुल्क विद्यालयले उठाउँदै आएको छ”, उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले दिएको अनुदानले शिक्षक व्यवस्थापन गर्न नसकेपछि थप स्रोत जुटाउन त्यसो गर्नुपरेको हो ।”

नेपालको संविधानमा ‘कक्षा ८ सम्म निःशुल्क तथा अनिवार्य शिक्षा’को व्यवस्था संविधानको धारा ३१ शिक्षासम्बन्धी हकमा उल्लेख गरिएको छ । उक्त व्यवस्थाअनुसार कक्षा ८ सम्म विद्यार्थीबाट कुनै पनि शुल्क लिन पाइँदैन । विद्यालयले गाउँपालिकाको सहयोगमा व्यवस्थापन गरिएका शिक्षकलाई  तलबभत्ता उपलब्ध गराउन विद्यालय सेवा शुल्क भनेर विद्यार्थीबाट शुल्क लिने गरेको शिक्षकहरू बताउँछन् ।

कतिपय माध्यमिक तहसम्मको अध्यापन हुँदै आएको विद्यालयले भने कक्षा ९ र १० का विद्यार्थीबाट मात्र शुल्क उठाउने गरेका छन् भने आधारभूत तहको ६ देखि ८ कक्षासम्म अध्यापन गराउँदै आएका विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शुल्क उठाइरहेका छन् । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयले विद्यार्थीबाट शुल्क उठाउने कुरा थाहा नभएको बताउनुभयो । “गाउँपालिकालाई विद्यालयले विद्यार्थीबाट पैसा उठाउने विषय जानकारीमा छैन”, उहाँले भन्नुभयो, “कसैबाट गुनासो पनि आएको छैन, गुनासो आएपछि हामी त्यसलाई नियमन गर्छौँ ।”

गाउँपालिकामा ३३ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ४७ जना शिक्षक गाउँपालिकाको सीमित स्रोतमा व्यवस्थापन गरिएका छन् । जसमा प्रावि तहमा १७, निमाविमा २५ र मावि तहमा चार जना शिक्षक कार्यरत हुनुहुन्छ । गाउँपालिकाले प्रावि तहका शिक्षकलाई रु नौ हजार, निमाविलाई रु ११ हजार र माविलाई रु १३ हजार मासिक रकम उपलब्ध गराउँदै आएको छ । “हामीले गाउँपालिका अनुदान भनेर शिक्षक व्यवस्थापन गरेका छैनौँ । सहयोग भनेर शिक्षक सङ्ख्याका आधारमा विद्यालयलाई भुक्तानी दिने गरेका छौँ ।” गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले भन्नुभयो, “विद्यालयले विद्यार्थीबाट शुल्क उठाउने कुरा मौखिक सुन्नमा आए पनि आधिकारिक जानकारीमा छैन ।”

कतिपय विद्यालयले गाउँपालिकाले उपलब्ध गराउने रकमबाट मात्र पनि शिक्षक व्यवस्थापन गरेको पाइएको छ । वडा नं १ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक कमानसिंह धामीले विद्यार्थीबट कुनै शुल्क विद्यालयले नलिएको उल्लेख गर्दै विद्यालयमा कार्यरत दुई जना प्रावि शिक्षकले मासिक रु नौ हजार तलबभत्तामा काम गरिरहेको जानकारी दिनुभयो । शिक्षा शाखा प्रमुख कपाडीले गाउँपालिकाले बिद्यार्थी सङ्ख्याका आधारमा यसअघि विद्यालय समायोजन र शिक्षक दरबन्दी हेरफेर गर्दा अदालतले रोक लगाएको उल्लेख गर्दै कैयौँ विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भएको जानकारी दिनुभयो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending