Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

खबरडबली संवाददाता

लेबनान। मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको  लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ ।

गत सेप्टेम्बर–२३ मा पूर्ण युद्ध सुरु भएदेखि इजरायलले बेरुतको दक्षिणी उपनगर, हिजबुल्लाहको गढमा निरन्तर आक्रमण गरिरहेको छ भने मध्य बेरुतमा तुलनात्मक रूपमा कम आक्रमणहरू भएका छन् ।

बेरुतको रास अल–नबा जिल्लामा भएको पहिलो आक्रमणमा हिजबुल्लाहको मिडिया प्रमुख मोहम्मद अफीफसहित चार जनाको मृत्यु भएको हिजबुल्लाह तथा इजरायली सेनाले जनाएको छ ।

मार इलियासमा भएको दोस्रो आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले इजरायलले मार इलियास क्षेत्रमा आक्रमण गर्दा उक्त स्थानमा द्वन्द्वबाट विस्थापित मानिसहरू पनि रहेका थिए  ।

आक्रमणमा जलेको तीव्र गन्धको बिचमा विस्फोट र साइरनको आवाज सुनिएको जनाउँदै एएफपीले  घटनास्थलमा आगो लागेको र अग्नि नियन्त्रकहरुले नियन्त्रण गर्ने प्रयास गरिरहेको देखाएको  छ ।

लेबनानी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा आक्रमणले इलेक्ट्रोनिक्स स्टोर र गाडीमा प्रहार गरेको जनाएको छ ।

प्यालेस्टिनी उग्रवादी समूह हमास र लेबनानको हिजबुल्लाहसँग सम्बद्ध सुन्नी मुस्लिम समूहलाई उल्लेख गर्दै एनएनएले “जामा इस्लामिया केन्द्रलाई लक्षित’’ गरेको बताएको छ ।

यद्देपी जामा इस्लामियाका सांसद इमाद हाउटले समूहमा सम्बद्ध  केन्द्र वा संस्था आक्रमणले लक्षित गरेको क्षेत्रमा अवस्थित नरहेको र समूहका कुनै पनि सदस्यलाई लक्षित नगरिएको जनाएको छ । 

यस अघि मध्य बेरुतको रास अल–नबा जिल्लामा गरिएको आक्रमणमा आफिफको मृत्यु भएको थियो । जसलाई इजरायली सेनाले हिजबुल्लाहको “प्रमुख प्रचारक’’ भनेर वर्णन गरेको थियो ।

उक्त घटनामा एक महिलासहित चार जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबारको आक्रमण पछि लेबनानका शिक्षा मन्त्री अब्बास हलाबीले बेरुत क्षेत्रका विद्यालय र उच्च शिक्षा संस्थानहरू दुई दिनका लागि बन्द रहने बताएको छन । 

लेबनानको दक्षिणी टायर क्षेत्रमा आइतबार इजरायली हमलामा ११ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।,

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending