Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

खबरडबली संवाददाता

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।

चालू आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आवको सोही अवधीको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१ दशमलव ४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७ दशमलव ९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशले बढेको छ ।

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म रु चार अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending