Ntc summer Offer
Khabar Dabali ४ मंसिर २०८१ मंगलवार | 19th November, 2024 Tue
Investment bank

हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त

खबरडबली संवाददाता

काठमाडौँ । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्यालाई नियुक्त गरिएको छ । यो पदमा पुग्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री बनेकी थिइन् ।

प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा अध्ययन गरेकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेका थिए ।

श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन भएको थियो । जसमा सभापति अनुराकुमार दिसानायकेको गठबन्धन नेकपा विजयी भएको थियो । सरकारले सोमबार नयाँ मन्त्रिपरिषद् गठन गरेको छ ।

राष्ट्रपति सचिवालयमा राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रिपरिषद्का सदस्यहरुलाई सपथ गराएकी हुन् । यस मन्त्रिपरिषद्मा राष्ट्रपतिसहित २२ सदस्य छन् । मन्त्रिपरिषद्मा २ महिला र २ तमिल सांसद पनि परेका छन् ।  श्रीलंकाको संविधानअनुसार क्याबिनेट मन्त्रीको संख्या ३० र उपमन्त्रीको संख्या ४० भन्दा बढी हुन पाइँदैन । दिसानायकेले सरकारको खर्च घटाउन मन्त्रिपरिषद् सानो राखेका छन् ।

अमरसूर्या श्रीलंकामा प्रधानमन्त्री हुने तेस्रो महिला हुन् । उनीअघि सिरीमाओ बन्दरनायके (३ पटक) र चन्द्रिका कुमारतुंगा (१ पटक) देशका महिला प्रधानमन्त्री भइसकेका छन् । सन् २०२० मा हरिणी अमरसूर्या पहिलो पटक सांसद बनेकी थिइन् ।राजनीतिमा आउनुअघि अमरसूर्या श्रीलंका ओपन युनिभर्सिटीमा प्राध्यापक थिइन् ।

अमरसूर्याको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनका बुबा चिया बगानका मालिक थिए । सन् १९७२ मा श्रीलंकामा भूमि सुधार ऐन लागू भयो। यसमा अमरसूर्याका बुवाको चिया बगान सरकारले कब्जा गरेको थियो । त्यसपछि उनी गालेबाट कोलम्बो आएर बसे ।

सन् १९८८-८९ मा श्रीलंकामा तमिल आन्दोलनका कारण स्थिति हिंसात्मक बनेको थियो । यस अवधिमा विद्यालय र कलेजहरू बन्द थिए । यस्तो अवस्थामा हरिणी अमरसूर्या थप अध्ययनका लागि भारत आइन् । यहाँ उनले दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा भर्ना भएकी थिइन् । १९९१ देखि १९९४ सम्म उनले समाजशास्त्र अध्ययन गरेकी थिइन् । 

भारतबाट फर्केपछि, अमरसूर्याले स्वास्थ्यसँग सम्बन्धित एनजीओमा सामेल भइन्, जहाँ उनले सुनामीबाट प्रभावित बालबालिकालाई सहयोग गरे। केही वर्षपछि उनी पीएचडी पढ्न अष्ट्रेलिया गइन् । त्यहाँबाट फर्किएपछि उनी २०११ मा कलेजमा प्रोफेसर भइन् ।

अमरसूर्याले सन् २०१५ मा सरकारविरुद्धको आन्दोलनमा भाग लिएकी थिइन् । यही क्रममा उनी दिसानायकेसँग सम्पर्कमा आइन् । उनी सन् २०१९ मा आफ्नो पार्टी जनता विमुक्ति पेरामुनामा सामेल भइन् । सन् २०२० मा संसदीय चुनाव जितेर उनी पहिलो पटक सांसद बनेकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीविरुद्ध दुष्प्रचार गरेको आराेपमा दुर्गा प्रसाईं घरबाटै गिरफ्तार

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई पक्राउ गरेको हो।  नक्क...

सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

सप्तरी ।  राजगढ गाउँपालिका–४ बाट सप्तरी  १७ क्विन्टल ३६ किलो गाँजासहित एक जनालाई  नियन्त्रणमा लिइएको छ ।  बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँ...

निर्वाचन क्षेत्रका बिरामीलाई निःशुल्क उपचार

विराटनगर  । मोरङ–३ का प्रतिनिधिसभा सदस्य डा‍. सुनीलकुमार शर्माले दुबै मिर्गौलामा समस्या भएर जीवन मरणको अवस्थामा पुगेका बेलबारी ३ का १९ वर्षीय सुशान रा...

कमजोर भयाे पहिलो चौमासिकमा राजश्व संकलन

काठमाडौं ।  सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजश्व संकलनमा उल्लेख्य सुधार गर्न नसकेको पाइएको छ । आन्तरिक राजश्वमा केही सुधार देखिएपनि भन्सा...

शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ: गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।  मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ...

मध्यपहाडी लोकमार्गः खरङ्वायावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत...

अर्थ मन्त्रालयले गर्यो विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा

काठमाडौं। अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्...

अझै खुलेन अवरुद्ध केआई सिंह राजमार्ग

डोटी । सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै सोमवार गरेको सडक अवरुद्ध अझै खुलेको छैन । शनिवार साँझ शिखर नगरपाल...

१४ वर्षमुनिका बालबालिकाको भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुन...

अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि प्रिया राईलाई

काठमाडौं । नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन् । मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy