Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्राचीनकालमै थियो कण्डम

खबरडबली संवाददाता

काठमाडौ । स्वास्थ्य र उपचार क्षेत्रमा जत्ति नै प्रगति भएको किन नहोस् कन्डमको मूल अवधारणा सयौँ वर्षदेखि एकै खालको छ । नि:सन्देह प्रविधि, सरसामान र मानव शरीरविज्ञानप्रतिको बुझाइमा समयसँगै ठूलो परिवर्तन आएको छ तर सङ्क्रामक रोगबाट जोगिन तथा गर्भनिरोधका लागि संभोगका बेला सुरक्षाका लागि बाह्य वस्तु प्रयोग गर्ने तौरतरिका र विचार उही छ । 

कन्डमको विकास कहिले र कहाँ भयो भन्ने सटिक उत्तर दिन गाह्रो छ । प्राचीनकालका केही प्रमाणले समेत फरक फरक सङ्केत गर्छन् । तथापि केही विद्वान्को सुझाव के छ भने कन्डम सर्वप्रथम प्रयोग गर्नेमा प्राचीन इजिप्टवासी पनि पर्छन् । प्राचीन इजिप्टमा प्रयोगमा आएको कन्डम सकभर ‘लिनन’ ले बनाइएको थियो । प्राचीन इजिप्टमा ‘लिनन’ ले मात्र कन्डम बनाइएको चाहिँ होइन पछि त्यहाँ भेडा वा बाख्राको आन्द्राले समेत कन्डम बनाइएको प्रमाण फेला परेका छन् । विशेष गरी भिरिङ्गीको सङ्क्रमणबाट जोगिन त्यसरी पशुको आन्द्राले कन्डम बनाउने गरिएको थियो । 

यसै गरी प्राचीन चीनमा ‘सिल्क पेपर’ ले कन्डम बनाइयो र तेल वा अन्य चिल्लो पदार्थ दलेर ती कन्डम प्रयोग गरिन्थे । कतिपय कन्डम त पातलो छालाले समेत त्यहाँ बनाइए ।  

पुनर्जागरण कालमा वैज्ञानिक र चिकित्सा ज्ञानमा धेरै सुधार आएसँगै कन्डममा समेत विकास भयो । डिट्रिक मेडिकल हिस्ट्री सेन्टरको प्रदर्शनीमा राखिएको सामग्री अनुसार भिरिङ्गी महामारीका कारण इस्वी संवत्को १५ औँ शताब्दीको युरोपमा कन्डम व्यापक प्रयोग गरिन्थ्यो । सन् १५६४ मा इटालीका एनाटोमिस्ट ग्याब्रियलो फालोपियोले प्राचीन भनिएका कन्डमलाई यसरी व्याख्या गरे, भिरिङ्गीबाट जोगिन ‘लिनन’ ले बनाइएको खोललाई एउटा रिबनले बाँधेर प्रयोग गरिन्थ्यो । तैपनि भेडाको आन्द्रा वा माछाको छालाले बनाइएका कन्डम लोकप्रिय नै थिए । ती कन्डम एक पटक प्रयोग गरी फाल्ने गरिँदैनथ्यो, बरु धोई पखाली पुन: प्रयोगमा ल्याइन्थ्यो । कन्डममा प्राय: औषधि र मलम लगाउने चलनसमेत थियो । 

कन्डम शब्द सर्वप्रथम सन् १७०६ मा लर्ड वेलहेवनको कवितामा छापिएको थियो । सन् १७८५ मा प्रकाशित फ्रान्सिस ग्रोसको पुस्तक ‘अ क्लासिकल डिक्सनरी अफ दी भल्गर टङ्ग’ समेत कन्डम शब्द लेखिएको देखिन्छ । त्यस पुस्तकमा कन्डमलाई ‘ऋगलमगm’ भनिएको छ र त्यसलाई यसरी व्याख्या गरिएको छ, भेडाको सुकाइएको एक यस्तो आन्द्रा जसलाई पुरुषले यौन सङ्क्रमणबाट बच्नका लागि संभोगका बेला लगाउने गर्छन् ।   

इस्वी संवत्को १७ औँ शताब्दीमा काबुटो– गाटा भनेर चिनिने अलि फरक खालको कन्डम जापानमा कछुवाको खपटाबाट बनाइयो । त्यसकालमा जापानीले छालाबाट कावा–गाटा कन्डमसमेत बनाएका थिए ।  

इस्वी संवत्को १९ औँ शताब्दीको सुरुमा कन्डम ‘बाउड्रुचेस’, ‘फ्रेन्च लेटर्स’, ‘सेफ्स’, ‘आर्मर’ र ‘मेसिन्स’ आदि कोड नामले समेत चिनिन थाल्यो । यी कन्डम रक्सीभट्टी, हजामको पसल, वेश्यालय र घुमन्ते व्यापारीबाट किन्न सकिन्थ्यो । तथापि सन् १८४० सम्म पनि कन्डम व्यापक रूपमा प्रयोगमा आउन सकेको थिएन किनभने त्यतिबेला हप्तामा काम गरेको पारिश्रमिक लगभग १४ डलर थियो र एउटा कन्डमको मूल्य एक डलर पर्दथ्यो ।  

त्यस समयमा वैज्ञानिकले रुखबाट निकालिएको एक खालको रबर ‘गट्टा पर्चा’ र इन्डिया रबरबाट ‘वाटरप्रुफ’ कन्डम बनाउने कोसिस गरिरहेका थिए तर सफलता पाउन सकिरहेका थिएनन् । रबरबाट सुरुमा बनाइएका कन्डम धेरै बाक्ला र फुट्थे । 

सन् १८४४ मा चाल्र्स गुडइयरले जब लचिलो, बलियो ‘भल्केनाइज्ड रबर’ विकास गरे कन्डमको विकासमा नयाँ मोड आयो । सन् १८५५ मा ‘भल्केनाइज्ड रबर’ बाट बनाइएको कन्डम बजारमा आयो र बजारमा कन्डमको मूल्य धेरै नै घट्यो । अनि कन्डमको प्रयोग व्यापक हुन गयो तर यसमा पनि अवरोध उत्पन्न हुन धेरै समय लागेन । सन् १८७३ मा लागू गरिएको कमस्टक कानुनले अमेरिकीलाई कन्डम खरिद गर्नमा समस्या उत्पन्न गरिदियो । यस कानुनले यौनसँग सम्बन्धित कुनै पनि सामान हुलाकबाट पठाउन, विज्ञापन गर्न र बिक्री गर्नमा प्रतिबन्ध लगाइदियो । रोग रोकथामका लागि मात्र कन्डम बिक्री वितरण गर्न पाइने तर गर्भनिरोधका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाले कन्डमको बजार नराम्ररी प्रभावित भयो । 

सन् १९१०–१९२० को दशकसम्म कन्डमलाई परिवार नियोजनको साधनका रूपमा नियमित प्रयोग गर्न पाइएन । अझ महिलाले त कन्डम किन्न नै पाउँदैनथे ।  प्रथम विश्वयुद्धको सुरुमा फ्रान्सेली र जर्मनेली सेनाले आआफ्ना सैनिकलाई कन्डम प्रयोग गर्न दिने निर्णय गरे तर अमेरिकी र बेलायतीले सुरुमा त्यस्तो अनुमति दिएनन् किनभने उनीहरूलाई डर थियो सैनिकहरूमा विवाहेत्तर गतिविधि बढेर मनोबल खस्किने छ । पछि सन् १९१७ मा बेलायतले र त्यसको एक वर्षपछि अमेरिकाले आआफ्ना सैनिकलाई कन्डम प्रयोग गर्न दिने भए किनभने तिनीहरूका लगभग पाँच प्रतिशत सैनिक यौन रोगबाट ग्रसित भएका थिए । 

प्रथम विश्वयुद्ध सकिएलगत्तै नयाँ खालको कन्डम बनाइयोे । सन् १९२० मा लेटेक्स रबर विकास गरियो र त्यसबाट कन्डम अझै पातलो र टिकाउ भयो । द्वितीय विश्वयुद्धका बेला त सैन्य तालिम अवधिमै व्यवस्थित रूपमै कन्डमका बारेमा सैनिकलाई जानकारी दिने र प्रवर्धन गर्ने काम भएको थियो । अमेरिकाका सबै सैनिकले अनिवार्य रूपमा कन्डम बोक्नुपर्ने र सैनिक पसलबाट समेत किन्न सक्ने व्यवस्था गरियो ।

कन्डम परिवार नियोजनका लागि समेत उत्तम साधन भएकाले विश्वयुद्धपछि गर्भनिरोध प्रयोजनमा कन्डमको प्रयोगले व्यापकता पाउन थालेको थियो । सन् १९८० को दशकमा एचआइभीरएड्स रोग देखा परेपछि त कन्डम यौन सङ्क्रमण रोक्ने मुख्य साधन बन्दै आएको छ । 

–युवामञ्च   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending