Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

प्राचीनकालमै थियो कण्डम

खबरडबली संवाददाता

काठमाडौ । स्वास्थ्य र उपचार क्षेत्रमा जत्ति नै प्रगति भएको किन नहोस् कन्डमको मूल अवधारणा सयौँ वर्षदेखि एकै खालको छ । नि:सन्देह प्रविधि, सरसामान र मानव शरीरविज्ञानप्रतिको बुझाइमा समयसँगै ठूलो परिवर्तन आएको छ तर सङ्क्रामक रोगबाट जोगिन तथा गर्भनिरोधका लागि संभोगका बेला सुरक्षाका लागि बाह्य वस्तु प्रयोग गर्ने तौरतरिका र विचार उही छ । 

कन्डमको विकास कहिले र कहाँ भयो भन्ने सटिक उत्तर दिन गाह्रो छ । प्राचीनकालका केही प्रमाणले समेत फरक फरक सङ्केत गर्छन् । तथापि केही विद्वान्को सुझाव के छ भने कन्डम सर्वप्रथम प्रयोग गर्नेमा प्राचीन इजिप्टवासी पनि पर्छन् । प्राचीन इजिप्टमा प्रयोगमा आएको कन्डम सकभर ‘लिनन’ ले बनाइएको थियो । प्राचीन इजिप्टमा ‘लिनन’ ले मात्र कन्डम बनाइएको चाहिँ होइन पछि त्यहाँ भेडा वा बाख्राको आन्द्राले समेत कन्डम बनाइएको प्रमाण फेला परेका छन् । विशेष गरी भिरिङ्गीको सङ्क्रमणबाट जोगिन त्यसरी पशुको आन्द्राले कन्डम बनाउने गरिएको थियो । 

यसै गरी प्राचीन चीनमा ‘सिल्क पेपर’ ले कन्डम बनाइयो र तेल वा अन्य चिल्लो पदार्थ दलेर ती कन्डम प्रयोग गरिन्थे । कतिपय कन्डम त पातलो छालाले समेत त्यहाँ बनाइए ।  

पुनर्जागरण कालमा वैज्ञानिक र चिकित्सा ज्ञानमा धेरै सुधार आएसँगै कन्डममा समेत विकास भयो । डिट्रिक मेडिकल हिस्ट्री सेन्टरको प्रदर्शनीमा राखिएको सामग्री अनुसार भिरिङ्गी महामारीका कारण इस्वी संवत्को १५ औँ शताब्दीको युरोपमा कन्डम व्यापक प्रयोग गरिन्थ्यो । सन् १५६४ मा इटालीका एनाटोमिस्ट ग्याब्रियलो फालोपियोले प्राचीन भनिएका कन्डमलाई यसरी व्याख्या गरे, भिरिङ्गीबाट जोगिन ‘लिनन’ ले बनाइएको खोललाई एउटा रिबनले बाँधेर प्रयोग गरिन्थ्यो । तैपनि भेडाको आन्द्रा वा माछाको छालाले बनाइएका कन्डम लोकप्रिय नै थिए । ती कन्डम एक पटक प्रयोग गरी फाल्ने गरिँदैनथ्यो, बरु धोई पखाली पुन: प्रयोगमा ल्याइन्थ्यो । कन्डममा प्राय: औषधि र मलम लगाउने चलनसमेत थियो । 

कन्डम शब्द सर्वप्रथम सन् १७०६ मा लर्ड वेलहेवनको कवितामा छापिएको थियो । सन् १७८५ मा प्रकाशित फ्रान्सिस ग्रोसको पुस्तक ‘अ क्लासिकल डिक्सनरी अफ दी भल्गर टङ्ग’ समेत कन्डम शब्द लेखिएको देखिन्छ । त्यस पुस्तकमा कन्डमलाई ‘ऋगलमगm’ भनिएको छ र त्यसलाई यसरी व्याख्या गरिएको छ, भेडाको सुकाइएको एक यस्तो आन्द्रा जसलाई पुरुषले यौन सङ्क्रमणबाट बच्नका लागि संभोगका बेला लगाउने गर्छन् ।   

इस्वी संवत्को १७ औँ शताब्दीमा काबुटो– गाटा भनेर चिनिने अलि फरक खालको कन्डम जापानमा कछुवाको खपटाबाट बनाइयो । त्यसकालमा जापानीले छालाबाट कावा–गाटा कन्डमसमेत बनाएका थिए ।  

इस्वी संवत्को १९ औँ शताब्दीको सुरुमा कन्डम ‘बाउड्रुचेस’, ‘फ्रेन्च लेटर्स’, ‘सेफ्स’, ‘आर्मर’ र ‘मेसिन्स’ आदि कोड नामले समेत चिनिन थाल्यो । यी कन्डम रक्सीभट्टी, हजामको पसल, वेश्यालय र घुमन्ते व्यापारीबाट किन्न सकिन्थ्यो । तथापि सन् १८४० सम्म पनि कन्डम व्यापक रूपमा प्रयोगमा आउन सकेको थिएन किनभने त्यतिबेला हप्तामा काम गरेको पारिश्रमिक लगभग १४ डलर थियो र एउटा कन्डमको मूल्य एक डलर पर्दथ्यो ।  

त्यस समयमा वैज्ञानिकले रुखबाट निकालिएको एक खालको रबर ‘गट्टा पर्चा’ र इन्डिया रबरबाट ‘वाटरप्रुफ’ कन्डम बनाउने कोसिस गरिरहेका थिए तर सफलता पाउन सकिरहेका थिएनन् । रबरबाट सुरुमा बनाइएका कन्डम धेरै बाक्ला र फुट्थे । 

सन् १८४४ मा चाल्र्स गुडइयरले जब लचिलो, बलियो ‘भल्केनाइज्ड रबर’ विकास गरे कन्डमको विकासमा नयाँ मोड आयो । सन् १८५५ मा ‘भल्केनाइज्ड रबर’ बाट बनाइएको कन्डम बजारमा आयो र बजारमा कन्डमको मूल्य धेरै नै घट्यो । अनि कन्डमको प्रयोग व्यापक हुन गयो तर यसमा पनि अवरोध उत्पन्न हुन धेरै समय लागेन । सन् १८७३ मा लागू गरिएको कमस्टक कानुनले अमेरिकीलाई कन्डम खरिद गर्नमा समस्या उत्पन्न गरिदियो । यस कानुनले यौनसँग सम्बन्धित कुनै पनि सामान हुलाकबाट पठाउन, विज्ञापन गर्न र बिक्री गर्नमा प्रतिबन्ध लगाइदियो । रोग रोकथामका लागि मात्र कन्डम बिक्री वितरण गर्न पाइने तर गर्भनिरोधका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाले कन्डमको बजार नराम्ररी प्रभावित भयो । 

सन् १९१०–१९२० को दशकसम्म कन्डमलाई परिवार नियोजनको साधनका रूपमा नियमित प्रयोग गर्न पाइएन । अझ महिलाले त कन्डम किन्न नै पाउँदैनथे ।  प्रथम विश्वयुद्धको सुरुमा फ्रान्सेली र जर्मनेली सेनाले आआफ्ना सैनिकलाई कन्डम प्रयोग गर्न दिने निर्णय गरे तर अमेरिकी र बेलायतीले सुरुमा त्यस्तो अनुमति दिएनन् किनभने उनीहरूलाई डर थियो सैनिकहरूमा विवाहेत्तर गतिविधि बढेर मनोबल खस्किने छ । पछि सन् १९१७ मा बेलायतले र त्यसको एक वर्षपछि अमेरिकाले आआफ्ना सैनिकलाई कन्डम प्रयोग गर्न दिने भए किनभने तिनीहरूका लगभग पाँच प्रतिशत सैनिक यौन रोगबाट ग्रसित भएका थिए । 

प्रथम विश्वयुद्ध सकिएलगत्तै नयाँ खालको कन्डम बनाइयोे । सन् १९२० मा लेटेक्स रबर विकास गरियो र त्यसबाट कन्डम अझै पातलो र टिकाउ भयो । द्वितीय विश्वयुद्धका बेला त सैन्य तालिम अवधिमै व्यवस्थित रूपमै कन्डमका बारेमा सैनिकलाई जानकारी दिने र प्रवर्धन गर्ने काम भएको थियो । अमेरिकाका सबै सैनिकले अनिवार्य रूपमा कन्डम बोक्नुपर्ने र सैनिक पसलबाट समेत किन्न सक्ने व्यवस्था गरियो ।

कन्डम परिवार नियोजनका लागि समेत उत्तम साधन भएकाले विश्वयुद्धपछि गर्भनिरोध प्रयोजनमा कन्डमको प्रयोगले व्यापकता पाउन थालेको थियो । सन् १९८० को दशकमा एचआइभीरएड्स रोग देखा परेपछि त कन्डम यौन सङ्क्रमण रोक्ने मुख्य साधन बन्दै आएको छ । 

–युवामञ्च   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending