Ntc summer Offer
Khabar Dabali ४ मंसिर २०८१ मंगलवार | 19th November, 2024 Tue
Investment bank

बाढीपीडितलाई सामुदायिक सेवा समाजको राहत

खबरडबली संवाददाता

काभ्रे। काभ्रेको बेथानचोकका बाढीपीडितलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगलस्थित सामुदायिक सेवा समाजले राहत प्रदान गरेको छ । समाजले बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ७ घरपरिवारलाई खानेपानीको सुविधा पुनर्स्थापित गर्नका लागि खानेपानीको पाइप प्रदान गरेको हो । 

पीडामा रहेका यस क्षेत्रका स्थानीयहरूलाई दीर्घकालीन हिसाबले सहयोग पु¥याउने उद्देश्यका साथ खानेपानीको पाइप हस्तान्तरण गरि राहत प्रदान गरिएको संस्थाका अध्यक्ष शिवराम अर्यालले बताए ।

सामुदायिक सेवा समाज र सामुदायिक योग समूहको सहकार्यमा २०८१ मा देउसीभैलोबाट उठेको रकम संकलन गरि ३० घरपरिवारलाई २ हजार मिटर खानेपानी पाइप वितरण गरिएको हो ।

राहत सामग्री ४ नम्बर वडाध्यक्ष कृष्णबहादुर लामा, निवर्तमान वडाध्यक्ष लालबहादुर श्रेष्ठ, स्थानीयको रोहबरमा संस्थाका अध्यक्ष शिवराम अर्यालले वडाध्यक्ष लामालाई हस्तान्तरण गरेका हुन्  । वितरण गरिएको पाइपबाट बाढी पीडित घरपरिवारले खानेपानी सहज रुपमा प्राप्त गर्ने अपेक्षा संस्थाको छ ।

मैजुबहाल कुमारीगालमा रहेको सामुदायिक भवनमा देउसीभैलो कार्यक्रमबाट संकलित ८० हजार ८  रकमबाट २ हजार मिटर पाइप खरिद गरि हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष अर्यालले बाढीपहिरो पीडितको दुःखमा मल्हम लगाउन पाउँदा थप उत्साहित भएको बताए  ।

संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सामुदायिक सेवा समाजमा १३ जनाको कार्यसमिति रहेको जानकारी दिए । ३०० भन्दा धेरै सदस्यहरू रहेको संस्थाले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ ।

वितरित पाइपबाट स्थानीयले दोभानखोका, मुलखोला, कोप्चेखोला, लथङडाडाका मुहानबाट खानेपानी ल्याइने बेथानचोक गाउँपालिका निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाोरखाको बारपाकमा आगलागी हुुँदा एक घर जलेर नष्ट

गोरखा । गोरखाको बारपाकमा एक घर आगालागीमा परेर नष्ट भएको छ। गएराति साढे ८ बजे भएको आगलागीमा परी बारपाक सुलिकोट गाउँपालिका २ का ओमबहादुर घलेको घर जलेर न...

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्ने स्वास्थ्य मन्त्री पौडेलकाे प्रतिवद्वता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण त...

भिमादका पैँतीस खानेपानी आयोजनामा क्षति

तनहुँ  ।  तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्‍याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले...

९ संस्थालाई स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति

काठमाडौँ ।  निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगले यसका लागि कार्तिक २६ गत...

बाढीपीडितलाई सामुदायिक सेवा समाजको राहत

काभ्रे। काभ्रेको बेथानचोकका बाढीपीडितलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगलस्थित सामुदायिक सेवा समाजले राहत प्रदान गरेको छ । समाजले ब...

दुर्गा प्रसाईलाई तीन कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन कसुरमा मुद्दा चलाउने तयारी गरको छ...

नयाँ नेतृत्व चयनको माग गर्दै अखिल क्रान्तिकारीका तीन नेता आमरण अनसनमा

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् । चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै उ...

‘रामथाङ पिक’को मनोरम दृश्य

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य ।...

भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

बागलुङ । चारैतिर अग्ला पहाड। कतै खोँच त कतै समथर जमिन। बस्ती नजिकै जंगल। बागलुङ तमानखोला गाउँपालिका-६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स...

ओलीविरुद्ध दुष्प्रचार गरेको आराेपमा दुर्गा प्रसाईं घरबाटै गिरफ्तार

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई पक्राउ गरेको हो।  नक्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy