Ntc summer Offer
Khabar Dabali ४ मंसिर २०८१ मंगलवार | 19th November, 2024 Tue
Investment bank

ऊर्जामन्त्री खड्का र एफएओका प्रतिनिधि शिमिजुबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले सन् १९७७ देखि एफएओले नेपालको दिगो कृषि विकास, खाद्य सुरक्षा वृद्धि र ग्रामीण समुदायको जीविकोपार्जनमा गरेको सहयोगको सराहना गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनले नवप्रवर्तन, साना उत्पादनकर्ताको पहुँच र प्राविधिक कृषि प्रवद्र्धन गर्ने एफएओको दृष्टिाकोण नेपालको दिगो विकास प्राथमिकतासँग मेल खाएको उल्लेख गरे । भेटमा शिमिजुले जलवायु परिवर्तनका कारण खाद्य सङ्कट बढ्दै गएकाले उक्त सङ्कट कम गर्न एफएओले उत्थानशील संरचना बनाएर खाद्यमा आत्मनिर्भर बनाइ अगाडि बढ्न चाहेको बताए ।

उनले कृषि उत्पादन तथा जीविकोपार्जनका लागि दिगो सिँचाइ सुविधा उपलब्ध गराउनेबारे एफएओले काम गर्दै आएको उल्लेख गरे । भेटमा मन्त्रालयका ऊर्जाविज्ञ प्रवल अधिकारी, सहसचिव जीवछ मण्डललगायतको उपस्थिति रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युक्रेनद्वारा रुसमाथि छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

मस्को । मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो...

माओवादी केन्द्रकाे विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार अध...

सुनसरीमा स्कारपियोको ठक्करबाट एकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका –२ शिवचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा रामधुनी –९ की ३६ वर्षकी सोनीयाकुमारी चौ...

ऊर्जामन्त्री खड्का र एफएओका प्रतिनिधि शिमिजुबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज...

सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो ...

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

डडेल्धुरा । दाउरा लिन गएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका –२ गांखेतको डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्य...

विद्युत वितरण सुदृढीकरणका लागि जर्मनीले दियो १० मिलियन युरो अनुदान

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ । ...

पक्राउ परेका प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले म...

बजेट अभावले विकास आयोजना प्रभावित: सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् । आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंग...

चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?

काठमाडौं । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ । बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy