Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

संविधान यो महिना भित्रै जारी हुने

\"sambidhan\"काठमाडौं । संविधानसभाको आइतबार शुरु भएको प्रक्रियाले निरन्तरता पाएमा यो महिनाभित्रै नेपाली जनताले नयाँ संविधान पाउने नेताहरुले बताएका छन् । शुक्रबारदेखि दुई दिनसम्म प्रक्रिया रोकेर आन्दोलनरत दलहरुसँग वार्ता गर्ने भने पनि आन्दोलनरत दलहरु वार्ता प्रक्रियामा सहभागि नहुने भएपछि संविधानसभाबाट नयाँ संविधानको निर्माणको झण्डै अन्तिम प्रक्रियालाई दलहरु प्रवेश गरेका हुन् । आइतबार बेलुकी ५ बजे सुरु हुने प्रक्रियामा प्रवेश गर्नुपूर्व दलका शिर्ष नेताहरुले आ आफ्नो धारणा राखेका थिए । तीन दलले मधेसी दलको माग अनुसार जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधानको विधेयकमा आवश्यक संशोधन गर्ने निर्णय गरेका छन् । शीर्ष नेताहरुको सम्बोधन सकिएलगत्तै आइतबार बेलुकी नै संविधानसभामा मतदान प्रक्रिया सुरु हुनेछ । बैठकमा संविधानको परिमार्जित विधेयकमा परेका संशोधन प्रस्तावमाथि छलफल हुनेछ । प्रक्रिया अनुसार संविधानको मस्यौदा विधेयकमा परेका संशोधन प्रस्तावलाई सुरुमा ध्वनिमतमा लगिनेछ । त्यसपछि संविधानका सबै धारालाई एक(एक गरेर पारित गरिनेछ । त्यसपछि संविधानको अन्तिम विधेयक तयार हुन्छ । अन्तिम विधेयकलाई संविधानसभामा कायम रहेका सभासद संख्याको दुई तिहाई मतले पारित गर्नुपर्ने प्रावधान छ । ५४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । यस हिसाबले सबै संशोधन प्रस्तावको टुंगो कतिबेरमा लाग्छ भनेर अहिले नै भन्न सकिंदैन । त्यसमाथि संविधानसभा बैठक कतिबेर सञ्चालन गरिन्छ भन्ने कुरामा पनि भर पर्छ । आइतबारको बैठक कुनबेलासम्म सुरु हुन्छ भनेर संविधानसभा सचिवालयले समय निर्धारण गरिसकेको छैन । आइतबार अबेरसम्म बैठक बस्यो र सोमबार पनि दिनभरी चल्यो भने सोमबार रातीसम्म या नभएपनि यो महिनाभर संविधान घोषणा गर्ने संविधानसभा सचिवालयको तयारी छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy