काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका नयाँ हतियार पठाउने भएको छ । अमेरिकाले युक्रेनले रुसविरुद्धको लडाइलाई बलियो बनाउन यो नयाँ सहयोग दिने घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दुई महिनामा सकेसम्म धेरै सहायता प्राप्त गर्न चाहको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा कार्यकाल शुरु गर्नु अघि बाइडेनले युक्रेनलाई सकेसम्म बढी सहयोग गर्ने रणनीति बनाएको रिपोर्टमा उल्लेख छ ।
विशेष गरी युक्रेनमा द्वन्द्व बढ्ने डर बढ्दै गएको बेला अमेरिकाले हतियारको पछिल्लो ढुवानी युक्रेनमा आफ्नो सेनालाई थप बलियो बनाउन पठाइने भएको छ । ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेकाले दुवै पक्षले थप लाभ लिन जोड दिइरहेका छन् ।
यस अघि नोभेम्बर १७ मा बाइडेनले युक्रेनलाई देश बाहिर पनि लामो दूरीको मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका थिए ।
त्यसपछि, १९ नोभेम्बरमा, युक्रेनले सामरिक मिसाइल प्रणाली प्रयोग गरेको दाबि गरिएको छ । रिपोर्टका अनुसार युक्रेनले गए राति रुसको ब्रायान्स्क क्षेत्रमा ६ वटा अमेरिकी एटीएसीएमएस मिसाइल प्रहार गरेको दाबी गरिएको छ ।
एटीएसीएमएस प्रणाली सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ । लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर साबित हुन सक्ने बताइएको छ ।
अमेरिकाको नयाँ सहायताले युक्रेनलाई एयर डिफेन्स, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम, १५५ एमएम र १०५ एमएम आर्टिलरी राउण्ड, जेभलिन एन्टि-आर्मर हतियार र अन्य उपकरण प्रदान गर्नेछ । यी हतियारहरू पेन्टागनले सकेसम्म चाँडो युक्रेनी सेनालाई पठाइने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: