Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

खबरडबली संवाददाता

तम्घास। गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशम: उत्पादन दिनेछन् । गतवर्ष उनले २६ टन सुन्तलाबाट रु १३ लाख आम्दानी गरेको थिए । 

गतवर्ष उहाँले साना–ठूला गरी सबै दाना बगँैचाबाट नै प्रतिकेजी ५० मा बिक्री गर्नुभयो । यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकोले गत वर्षभन्दा बढी आम्दानी हुने उनी बताउछन्। यस वर्ष पनि उनी सुन्तला बिक्री गर्ने तयारीमा हुनुहुन्छ । पेसाले शिक्षक रहेका खनालले सुन्तलाको बिरुवाको लागि आफ्नै बारीमा नर्सरीको स्थापना गरेको छन । गतवर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा उनले सिँचाइको लागि पोखरीसमेत निर्माण गरेका छन् । ‘सानैदेखि व्यावसायिक बन्ने सोच थियो ।’ उनले भने, “दिउँसोमा विद्यालय भए पनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा लगाउँछु ।”

उनको फर्मबाट परिवारका सदस्यबाट हुने श्रम बाहेक वार्षिक तीन सय दिन रोजगारी समेत सिर्जना हुने गर्दछ । पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का पनि सुन्तला किसान छन् । उनले यस वर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा लगाउनुभयो । केही वर्ष पहिले आठसय बिरुवा लगाएको थिए। उनको पनि पुख्र्यौली पेसा सुन्तला खेती भएकोले अहिले तीन सय ५० बोटले उत्पादन दिइरहेका छन् । ४० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका उनले सुन्तला रेखदेखको लागि एकजनालाई रोजगारी समेत दिएको छन । सुन्तला राम्रो उत्पादन हुँदा प्रतिबोट चार सय दानासम्म उत्पादन हुने उनले बताए। ‘लगाएका सबै बिरुवा फल्दा १८ हजार क्वीन्टल सुन्तला उत्पादन हुन्छ ।’ उनले भने, “यसबाट अहिलेको बजार मूल्यअनुसार ६० लाखको आम्दानी हुन्छ ।” यसमा खर्च २० लाख कटाउँदा पनि बाँकी ४० लाख नाफा हुने वडाध्यक्ष खड्काले बताए। 

राजनीति गरेर मात्रै जीवन नचल्ने भएकोले आफूले पुख्र्यौली पेसालाई व्यावसायिकरण गरेको बताए। ‘राजनीतिक नेताहरुको व्यवसाय नहुँदा नागरिकले शङ्का गर्छन् ।” उनले भने, “कृषिसँगै जनसेवा गर्ने चाहाना छ ।” 

स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । विगतदेखि नै सुन्तलाखेती गर्दै आउनुभएका केशव अहिले थप व्यावसायिक बनेको छन । गत वर्ष मात्रै उहाँले ९० क्वीन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गरेको थिए । गतवर्ष उनको बगैँचाबाट प्रति केजी रु ५५मा सुन्तला बिक्री भएको थियो । अहिले पनि उनको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही वर्षमा फल दिनेछन् । उनले चक्लाबन्दी गरेर पनि सुन्तलाका बिरुवा लगाएको छन । 

निकट भविष्यमा उनीसँग भएका सबै बिरुवा फल्दा डेढसय क्वीन्टलभन्दा बढी सुन्तला फल्छन् । यसबाट उनको आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनेछ । ‘बजार मूल्यभन्दा कम मूल्य पाउछौँ ।’उनले भने, “बगैँचाबाटै सुन्तला बिक्री हुन्छ ।”  

चार करोडको सुन्तला निर्यात

पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कूल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट एरियाको रुपमा निर्धारण गरिएको छ । 

उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको व्यापारी बगैँचामै आउने गर्दछन् । पिपलधाराको सुन्तला स्थानीय बजार हुँदै तम्घास, अर्घाखाँची, पाल्पा, बुटबललगायतका स्थानमा पुग्ने गर्दछन् । यो वर्ष पनि केही दिनभित्रै सुन्तला निर्यात गर्ने तयारी भइरहेको वडाध्यक्ष खड्काले बताए। ‘सुन्तलाको बजारीकरणको लागि कुनै समस्या छैन ।’ वडाध्यक्ष खड्काले भने, “पिपलधाराको पहिचान नै सुन्तलाबाट बनेको छ ।” गतवर्ष मात्रै पिपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो वर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने वडाध्यक्ष खड्काले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending