Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

खबरडबली संवाददाता

काठमाडौं ।  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् ।

ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, ‘मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।’

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उन भन्छन्, ‘धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।’

पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउँछन् ।

नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उनको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए।

उनले भने, ‘कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।’

बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उनले विश्वास व्यक्त गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सूर्नयागाड जलविद्युत् बन्द हुँदा बस्ती अन्धकारमा

बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...

वाम एकताको बहस फेरि तात्यो, सुरेन्द्र पाण्डेको फरक मत

काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...

१० वर्षदेखि चलनचल्तीबाहिर ३६ लाख खाता, १७ अर्बभन्दा बढी रकममा सरकारको नजर

काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...

पाहुनालाई स्वागत गर्न तैयार एक मुठ्ठी बादल परिवार

काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...

केन्द्रको निर्देशनविपरीत स्थानीय तहको अग्रसरता : विद्यार्थी भर्ना धमाधम सुरु

काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...

प्युठान दुर्घटनामा एकजनाको मृत्यु

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...

संसदीय समिति बाँडफाँटमा रास्वपाको दाउ : ११ सभापति आफ्नै पोल्टामा, लेखा कांग्रेसलाई नदिने संकेत

काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...

जलवायु परिवर्तनको मार : मधेशमा चर्किँदो खानेपानी सङ्कट

काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...

सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय

काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...

दैनिक रगतको माग बढ्दै गर्दा घट्दै दाता

चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending