Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

केन्द्रको निर्देशनविपरीत स्थानीय तहको अग्रसरता : विद्यार्थी भर्ना धमाधम सुरु

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न पालिकाले आ–आफ्नो क्यालेन्डरअनुसार कार्यक्रम अघि बढाएका हुन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका ले वैशाख २ गतेदेखि नै भर्ना अभियान र पठनपाठन सञ्चालन गर्ने सूचना जारी गरेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा संविधानअनुसार आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन अधिकार स्थानीय तहमा रहेको उल्लेख गर्दै सत्र सुरु गरिएको जनाइएको छ।

त्यस्तै, बन्दीपुर गाउँपालिका ले वैशाख २ देखि ८ गतेसम्म भर्ना र ९ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार शैक्षिक क्यालेन्डर तयार भइसकेकाले ढिलाइ गर्दा कोर्स पूरा गर्न समस्या हुने देखिएको छ। “बोर्डिङ विद्यालयले भित्रभित्रै भर्ना गरिरहेका छन्, विद्यार्थी तानातान छ,” उनले भने।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ले ७ गतेदेखि भर्ना कार्यक्रम र १० गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। नगर प्रमुख रामकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा २ गतेदेखि नै विभिन्न शैक्षिक गतिविधि सुरु गरिने उल्लेख छ।

प्युठानको झिमरुक गाउँपालिका ले पनि वैशाख २ गतेदेखि भर्ना सुरु गरेको छ। गाउँपालिका अध्यक्ष पितबहादुर महताराका अनुसार चैत १० मै परीक्षा सकिएकाले लामो बिदाका कारण विद्यार्थी अन्यत्र जाने सम्भावना रोक्न भर्ना अभियान अघि बढाइएको हो। उनले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारअनुसार क्यालेन्डर कार्यान्वयन गरिएको बताए।

केन्द्रको चेतावनी

यता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेदेखि मात्र भर्ना गर्न परिपत्र जारी गरेको जनाएको छ। महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार कसैले निर्णयविपरीत काम गरेको आधिकारिक जानकारी आए आवश्यक प्रक्रिया अघि बढाइनेछ।

इन्धन आपूर्तिमा देखिएको समस्याका कारण आइतबार बिदा दिने र शैक्षिक सत्र ढिलाइ गर्ने निर्णय केन्द्र सरकारले गरेको थियो। तर स्थानीय तह र निजी विद्यालयहरू भने यस निर्णयप्रति असन्तुष्ट देखिएका छन्।

निजी विद्यालय पनि सक्रिय
प्याब्सन काठमाडौंले वैशाख २ गतेदेखि भर्ना अभियान, ७ गतेदेखि पूर्वतयारी कक्षा र १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ। प्याब्सन अध्यक्ष कृष्ण अधिकारीका अनुसार शिक्षा मन्त्रीसँग भेट गरी क्यालेन्डरबारे ध्यानाकर्षण गराइएको छ।

यसरी संघ र स्थानीय तहबीचको अधिकार प्रयोगको व्याख्याले शैक्षिक सत्र सुरुवातमै अन्योल सिर्जना गरेको छ। संविधानले शिक्षाको व्यवस्थापन अधिकार स्थानीय तहलाई दिएको भए पनि संघीय परिपत्रलाई बेवास्ता गर्नु कानुनी र प्रशासनिक विवादको विषय बन्न सक्ने देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमिषाको आरोपपछि साइबर ब्युरोको ‘माफी काण्ड’, आमालाई बोलाएर लिखित कागज

काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ...

अध्यादेशले हटाइएकै डिन फेरि जिम्मेवारीमा, केयूमा निर्णय कि प्रयोगशाला ?

काठमाडौं  । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फ...

सुधन गुरुङ पुगेको रिसोर्टमा प्रहरी छापा, सीसीटीभी र मोबाइल नियन्त्रणमा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट अहिले राजनीतिक र प्रहरी वृत्तमा चर्चाको केन्द्र बनेको छ । पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित ...

कहाँ हरायो सुधनको नगद र ६ किलो गहना ?

काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...

प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमा लिक गर्ने थप २ जना पक्राउ

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...

धादिङमा भएका दुई दुर्घटनामा २ को मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको  टिपर...

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending