Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त

खबरडबली संवाददाता

सुनसरी। सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै थिईन्। विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त थिईन। उनलाई कसरी धान काट्ने र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्ने चिन्ता  थियो । उनीजस्तै गढी–६ कै ५० वर्षीया रोना साह धान काट्नमा नै व्यस्त थिईन।

यही मङ्सिर १६ गते सुनसरीको १२ स्थानीय तहमध्येको गढी ६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको विषयमा उनलाई खासै मतलब थिएन । उनहरू गढी ६ का प्रतिनिधि पात्र मात्र छन्।

कोही ज्याला मजदुरीमा त कोही सानोतिनो व्यापार–व्यवसाय गरेर दैनिक गुजारा टार्दै आएकाले सोही काममा व्यस्त हुने गरेको स्थानीय मतदाता अञ्जुदेवी साहले बताईन । “चुनावले घरखर्च चलाइदिँदैन त्यसका लागि काम गर्नैपर्यौ चुनावका दिन जाउला कुनै एक जनालाई मतदान गरौँला”, उक्त क्षेत्रकी मतदाता अञ्जु साह भन्छिन् । प्राय: मतदाता घरमा नभेटिने गरेको र चुनावप्रति धेरै चासो नरहेको पाइएको छ । 

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या भएको छ भने कसको पक्षमा नतिजा जान्छभन्ने ठम्म्याउन कठिन भएको छ । विसं २०७९ को स्थानीयतहको निर्वाचनमा गढी–६ मा एमालेका षडानन्द उराँवले जितेको थिए । उनले सात सय १२ मत ल्याएको थिए । उनको निधनपछि यस वडामा पुन: चुनाव हुन लागेको हो ।

गत चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले चार सय २४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी चार सय १६ मतका साथ तेस्रो स्थानमा थिए। 

जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी ६ मा जित निकाल्ने कसरतमा  छ । गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिएको छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त वडामा एक हजार आठ सय ७३ पुरुष र एक हजार सात सय ४९ महिला मतदाता छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत का...

प्रतिनिधिसभा सरकारको कठपुतली होइन: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ। ...

विद्यार्थी संगठनमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अने...

भ्रष्टाचार मुद्दामा सांसदलाई छुट दिने प्रावधानप्रति संसदमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले सांसदलाई भ्रष्टाचार मुद्दामा विशेष छुट दिने गरी गरिएको कानुनी व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा...

आफूविरुद्ध लगाइएका आरोप प्रमाणित भए राजनीतिबाट सधैंका लागि बिदा हुने रास्वपा सांसद खरेलको चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसद जगदीश खरेल ले आफूविरुद्ध लगाइएका आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै प्रमाण...

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध, सभामुखको आग्रहपछि बैठक सुरु

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । केहीबेरअघि सुरु भएको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेप...

मिडियालाई बलियो बनाउन चाहन्छौं : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिवद्ध रहेको बताएको छन्।  नेपाल पत्...

स्वास्थ्य बिमालाई जनमैत्री बनाउने तयारीमा सरकार - मन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताए...

सर्लाहीमा ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।  दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्...

प्रधानमन्त्री बालेन लगातार दोस्रो पटक समिति बैठकमा अनुपस्थित, कांग्रेसद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending