Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विपदमा जीविकोपार्जनका माध्यम गुमाएकालाई न राहत न क्षतिपूर्ति

खबरडबली संवाददाता

पाँचथर । प्राकृतिक विपदमा जीविकोपार्जनका माध्यम गुमाएका सर्वसाधारणले सरकारबाट राहत वा क्षतिपूर्ति केही नपाउँदा दैनिकी चलाउन मुस्किल परेको गुनासो गरेका छन् । विगत तीन वर्षदेखि निरन्तर बाढीपहिराको सामना गर्दै आएका यहाँका नागरिकले खेती लगाइएको जमिन, बालीनाली, पशुचौपाया तथा पशुपंक्षी गुमाउनुपरेको छ । जीविकोपार्जनका माध्यम नै बाढीपहिरोले नष्ट गरेपछि समस्यामा परेका सर्वसाधारण सरकारले सहयोग गर्ने अपेक्षामा बसिरहेका छन् ।

याङवरक गाउँपालिका–१ खोलाघारीमा जन्मेहुर्केका पञ्चध्वज राईको परिवारको बसोबास भने नजिकैको च्याङथापू बजारमा छ । खोलाघारीका दुई स्थानमा सात रोपनी जमिनमा रहेको अलैँची बगान राईको परिवार चलाउने आधार थियो । गत वर्ष अलैँचीमा रोग कीराको खासै समस्या पनि थिएन । अलैँचीको मूल्य उकालो लाग्दै थियो । तर बगान नजिकै रहेको मेवाखोलामा विसं २०८० असार २ गते आएको बाढीले राईको अलैँची बगान बगरमा परिणत गरेको छ । अलैँची बगानमा ठुल्ठूला ढुङ्गामुढा थुप्रिएका छन् ।

‘२२ मनसम्म अलैँची फल्थ्यो, बाढीले खोलागढतिर भएका सबै अलैँची बारी नष्ट भयो । अहिले ढुङ्गा थुप्रिएका छन् ।स्थानीय सरकारसँग माग राख्यौँ । गाउँपालिकाले खोला नियन्त्रणका लागि जाली दिने कुरा थियो । त्यो पनि अहिलेसम्म पाएका छैनौं’, राईले भने, ‘अलैँची हामीले फलाए पनि देश बाहिर निर्यात हुँदा राज्यले कर त उठाइरहेकै थियो । सरकारले केही न केही सहयोग गर्नुपर्‍यो । हाम्रो आम्दानीको बाटो नै सकियो । अब के खाएर बाँच्ने ?’

यस वर्ष अलैँचीको भाउले प्रतिमन ९४० किलो० मा रु एक लाख नाघेको छ । पञ्चध्वज खण्डहर बनेको अलैँची बगानमै भेटिन्छन् । च्याङथापूमा डेराजस्तो बसोबास मात्रै भएको र आम्दानीको सबै स्रोत अलैँची बगान भएको राईको भनाइ छ। ‘अहिले यस्तो राम्रो भाउ आएको छ, तर गत वर्षदेखि हाम्रो आम्दानी हराएको छ’, उनले भने, ‘जग्गा र फलेको अलैँची सबै गयो ।’

खोलाघारीकै राजेश राईको खेतबारी र अलैँची बगान पनि बाढीले बगायो । मुख्य रूपमा अलैँचीबाट हुने आम्दानीले परिवार चलाउन पुगेको थियो । ‘मेरो खेतबारी र अलैँची बगानमा ढुङ्गा मात्र थुप्रिएका छन् । कमाइ गर्ने माध्यम नै बन्द भएपछि कसरी परिवार चलाउने रु नानीहरू कसरी पढाउने ?’, राईले भने ।

जिल्लाको फालेलुङ गाउँपालिका–३ शितलपाटीकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । गत असोज १२ गते पहिरो झरेर हेवाखोला नजिकै रहेको लिम्बूको सात रोपनी खेत बगाएर लग्यो । लहलह फलेको धान खेत पहिरोमा परिणत भएपछि नरमायाको मन सम्हालिएको छैन । ‘हामी त धेरै पीडित भयौँ, राहत पाइएला कि भनेर वडा कार्यालयमा निवेदन दिएका छौं’, लिम्बूले भने, ‘पहिरोमा घर त जोगियो । गरी खाने खेत बगाएर लग्यो । अब के खाएर बाँच्ने ?’

सरकारले बाढीपहिरोलगायत प्रकोपमा मृत्यु वा बेपत्ता भएका व्यक्ति तथा घरबारविहीन भएका परिवारलाई राहत रकम दिने गरेको छ । तर आंशिक क्षति पुगेका, जीविकोपार्जनको माध्यम खोसिएका सर्वसाधारणले कुनै प्रकारको राहत वा क्षतिपूर्ति पाउन सकेका छैनन् । याङवरक गाउँपालिका–१ च्याङथापूका वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार गत वर्षको असार २ गते आएको बाढीपहिराले भौतिक संरचना, पशुचौपाया, कृषिलगायत क्षेत्रमा क्षति पुर्‍याएको भनेर झण्डै दुई सयवटा निवेदन वडा कार्यालयमा दर्ता भएका थिए । वडा कार्यालयले अभिलेख राखेर निवेदन गाउँपालिकाको कार्यालयमा पठायो । 

गाउँ कार्यपालिकाको कार्यालयले क्षतिको विवरण स्थलगत रूपमै सङ्कलन पनि गरेको थियो । ‘तर यत्तिका समय बितिसक्दा कहीँबाट पनि राहत आएको छैन । जनताले हामीलाई राहत, क्षतिपूर्ति खोइ भन्छन्’, वडाध्यक्ष राईले भने, ‘हामीले के दिने रु हामीले भन्ने पनि त्यही गाउँपालिकामा मात्रै हो ।’ बाख्रा फार्म सञ्चालन गरेका खोलाघारीकै कृष्ण बेघाको फार्म बाढीले बगाए पनि कुनै राहत वा क्षतिपूर्ति प्राप्त नहुँदा बेघाको परिवार गाउँ छाडेर हिँडेको वडाध्यक्ष राई बताउँछन् । 

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बाढीपहिराले किसानको मुख्य आम्दानीका स्रोतमै क्षति पुर्‍याउँदा जीविकोपार्जनमा समस्या पर्ने बताउँछन् । ‘गाउँलेको आम्दानीको बाटो परम्परागत खेती, अलैँचीलगायत नगदेबाली र पशुचौपाया हुन् । तर बाढीपहिरोले यी माध्यममा नै धेरै नोक्सानी पुर्‍याएको छ’, अध्यक्ष थाम्सुहाङले भने, ‘यस वर्ष मात्र बाढीपहिराले पूर्ण क्षति ६९ तथा आंशिक क्षति दुई सय ९४ घररिवारले निवेदन दिनुभएको छ । गाउँपालिका मात्रैले राहत दिनसक्ने बजेट छैन ।’

बर्सेनि बाढीपहिरोले आयआर्जनको माध्यम गुमाउनु परेपछि यहाँका कयौँ सर्वसाधारणले गाउँ छाड्ने गरेका छन् । गत वर्ष असार २ गते आएको बाढीले क्षति पुर्‍ याएपछि याङवरक गाउँपालिका–१ खोलाघारीका ११ घरपरिवारले गाउँ छाडेका छन् भने यस वर्ष सोही दिन आएको पहिराले क्षति पुर्‍याएपछि याङवरक–३ ओयामका आधा दर्जन परिवार बसाइँ सरेको वडाध्यक्ष विमल राईको भनाइ छ । फालेलुङ गाउँपालिका–३ का केही परिवार पहिराले क्षति पुर्‍याएपछि गाउँ छाडेर हिँडेको गाउँपालिका अध्यक्ष थाम्सुहाङ बताउँछन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending