Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती बजारमा, लुभुमा फ्याक्ट्री

खबरडबली संवाददाता

काठमाडौं । यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन्।

गौतम र खड्कालाई मध्यपुर ठिमी नगरपालिका-२ गठ्ठाघर र घिमरेलाई महालक्ष्मी नगरपालिका-८ लुभु ललितपुर टाउन प्लानिङस्थित बायो फुड्स नेपाल प्रालिबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

उनीहरूलाई विभिन्न मितिमा पक्राउपछि बिहीबार ब्युरोले सार्वजनिक गरेको हो। उनीहरूले यार्सागुम्बासहित सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको सामग्री भन्दै लामो समयदेखि बजारमा बिक्री-वितरण गर्ने गरेको पाइएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

उक्त सामग्री हिमाली जडिबुटी त्यसले यौन क्षमता बढाउने, शक्ति बढाउने र स्टामिना बढाउने भन्दै तिनै जनाले बजारमा बिक्री गरिरहेको पाइएको छ। तर, ती सामग्री परीक्षण गर्दा नक्कली रहेको पुष्टि भएको बोगटीले बताए।

उनीहरूले शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सागुम्बा गोल्ड, यार्सा किङ, हिमाली यार्सागुम्बा, यार्सागुम्बा किङ, यार्सागुम्बा किङ प्लस, यार्सागुम्बा प्रिमियम, सुगर कन्ट्रोलर गाइम्निमा, पायल्स निको आयल, चाचरी आयल, बिउटी सुपरबा हर्बल आयल लगायत विभिन्न नामका बट्टामा त्यस्ता सामग्री बेचबिखन गर्ने गरेका थिए।

‘ती सामग्रीका क्याप्सुल देखाएर फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ बोगटीले भने, ‘बृद्वदेखि युवा समेतले खाना मिल्ने, कुनै साइड इफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरेर सर्वसाधारणमा भ्रम सिर्जना गरेको पाइएको छ।’

उनीहरूले एक बट्टाको दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म मूल्य राखेका थिए।

उनीहरूले गठ्ठाघरमा एउटा घर भाडामा लिएर स्टोर नै सञ्चालन गरिरहेको पाइएको छ।

घिमिरे लुभु ललितपुरमा बायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लिमेन्ट फ्याक्ट्रीका सञ्चालक रहेको बोगटीले बताए।

लुभुको फ्याक्ट्री र गठ्ठाघरको स्टोरबाट लाखौंका यार्साजन्य भन्दै भन्दै बिक्री गरिने नक्कली सामग्री बरामद भएको छ।

यार्सा प्लस प्रतिबट्टा २५ सयका दरले १०७० बट्टा बरामद भएको छ। त्यसको मूल्य २६ लाख ७५ हजार हुन आउँछ।

यस्तै, यार्सा किङ ११ लाख ६५ हजार, प्रोस्टेट केयर दुई लाख,  पायल्स निको तेल दुई लाख ४४ हजार, सुगर कन्ट्रोलर १३ लाख ६ हजार बराबरको सुगर कन्ट्रोलर, चार लाख ४५ हजार मूल्य पर्ने चाचर आयल लगायत ६५ लाख २८ हजार २५० रुपैयाँ मूल्यको सामग्री बरामद भएको छ।

‘पक्राउ परेकामाथि अनुसन्धान जारी छ, कसैले यस्ता सामग्री औषधी भन्दै बिक्री गरिरहेको भए जानकारी गर्न सर्वसाधारणलाई अनुरोध गरेका छौं,’ बोगटीले भने।

सामाजिक सञ्जालमा औषधी भन्दै प्रचार/प्रसार गरिने यस्ता सामग्री प्रयोग गर्नुअघि राम्ररी बुझ्न ब्युरोले अनुरोध गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending