काठमाडौं । भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका व्यक्ति रहेको खुलेको छ।
विश्वईको सदस्य भन्दै भारतीय नम्बरबाट नेपाली व्यवसायीलाई फोन गरी आपराधिक लाभ लिन खोजेको आरोपमा प्रहरीले प्रसाईंका सहयोगीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका(१३ बस्दै आएका ३६ वर्षीय हरिशचन्द्र फुयाँल रहेका छन्। पाँचथर साबिक मौवा गाविसका फुयाँल आफूलाई नवीन प्रधान भनेर चिनाउने गरेका थिए।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार फुयाँललाई चारआलीबाटै पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।
‘फोन र म्यासेज दुबैबाट आफू भारतीय आपराधिक समूह लरेन्स विश्वोइको सदस्य हुँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्नु, अन्यथा ज्यानसमेत लिने’ भन्दै फुयाँलले व्यवसायीहरूलाई आतंकित पार्ने गरेका थिए। साथै, व्यवसायीसँग आपराधिक लाभ लिन खोजेका थिए।
मेडिकल व्यवसायी साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेपछि व्यवसायीहरूले विश्वोई समूहको सदस्य भन्दै धम्की आउने गरेको गुनासो ब्युरोमा गरेका थिए।
पक्राउ परेका फुयाँलले आफूले उक्त कार्य दुर्गा प्रसाईंकै निर्देशनमा गरेको बयान प्रहरीलाई दिएका छन्।
बोगटीका अनुसार अहिलेसम्म फुयाँलविरूद्ध तीन वटा उजुरी ब्युरोमा परेको छ। उनले अन्य धेरै व्यवसायीलाई फोन गर्ने गरेको थाहा भएको बोगटीले बताए।
फुयाँलविरूद्ध आपराधिक लाभ लिन नहुने कसुर मुद्दा आकर्षित गरी अनुसन्धान थालिएको छ। जिल्ला अदालत काठमाडौंले फुयाँललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको छ।
विवादास्पद व्यवसायी प्रसाईं प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं रकम लगानी गरेको आधारहीन कागजात सार्वजनिकपछि पक्राउ परेका थिए। उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: