Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

को हुन् नलगाड नगरपालिकामा निर्वाचित उपप्रमुख लामिछाने ?

बन्दुक पछि कलम बोकेकी उनि बनिन् नगर उपप्रमुख

खबरडबली संवाददाता

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् ।

उनी ४२७२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहले ३१४७ मत मात्र पाइन् । तेस्रोमा रहेकी एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याएकी थिइन् ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीको सहयोगमै कांग्रेस उम्मेदवार सुनिता सिंह उपमेयरमा निर्वाचित भएकी थिइन् । तर, जाजरकोट भूकम्पमा परेर १७ कात्तिकमा सिंहको निधन भएको थियो ।

रिक्त रहेको पदमा आइतबार भएको निर्वाचनमा माओवादी उम्मेदवार लामिछानेले जित निकालेकी हुन् । उनको जितसँगै नलगाड नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादी केन्द्रका बनेका छन् । नगरपालिकाका अधिकांश वडामा समेत माओवादी जनप्रतिनिधिको बाहुल्य रहेको छ ।

उपनिर्वाचनका लागि मत माग्न खटिएका माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले चुनावीसभामा जाँदा मेयर र उपमेयर सेट नै एउटै पार्टीको भए काम गर्न सहज हुने भन्दै भोट मागेका थिए ।

‘माओवादीले नलगाडलाई विकासको एउटा नयाँ मोडलका रूपमा देखाउन चाहेको छ, कुनै बेला हामी मोडल जिल्ला भन्थ्यौं, त्यतिबेला स्रोत, साधन थिएन’ बस्नेतले भनेका थिए, ‘तर, अब उपमेयर पनि हाम्रै पार्टीबाट निर्वाचित गराएर मोडल नगरका रूपमा विकास गर्छौं ।’

नलगाड नगरपालिकामा सेट नै विजयी भएपछि आउने अवसरलाई सदुपयोग गरेर नमुना काम गरेर देखाउने उनले बताएका थिए । माओवादीबाट निर्वाचित उम्मेदवार लामिछानेले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेको हिसाबले नलगाडको विकासका लागि आफूले अधिकतम काम गर्ने बताएकी छन् ।

‘टिमसँग काम गर्ने कुरा त छँदैछ’, उनले थपिन्, ‘उपमेयर पद न्याय सम्पादनसँग जोडिएकाले मेरो प्राथमिकता विना भेदभाव सबै जनतालाई समान रूपले सुविधा दिन पहल गर्ने हुनेछ ।’

नलगाड नगरपालिकाभित्र विकट क्षेत्रहरू पर्ने भएकाले हालसम्म कृषि उत्पादनलाई बजारसँग जोड्न कठिनाइ भएको भन्दै उनले भनिन्, ‘कृषि बजारीकरणका लागि भौगोलिक विकटताका कारण जुन समस्या छ, त्यसलाई चिर्ने गरी काम गर्नेछु ।’ शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र खानेपानी पनि आफ्नो प्राथमिकता रहेको उनले सुनाइन् ।

बन्दुक पछि कलम बोकेकी उनि बनिन् नगर उपप्रमुख

सल्यानको तत्कालीन सुबिकोट गाविसमा जन्मिएकी नवनिर्वाचित उपमेयर लामिछाने विद्यार्थी राजनीतिक हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् । उनी २०५० सालमा जनता मावि, रागेचौरमा जनमोर्चा नेपालको मुल ईकाई कमिटी सदस्य बनेकी थिइन् । त्यसपछि विभिन्न पदमा रहेर काम गरिन् ।

२०५३ सालमा उनले माओवादीको पार्टी सदस्यता लिएकी थिइन् भने ०५४ सालमा माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघको जाजरकोट उपाध्यक्ष बनेकी थिइन् । त्यसबेलादेखि अर्धभूमिगत हुँदै उनी पछि महिला संघको अध्यक्ष पनि बनिन् ।

त्यसबेला एक वर्षको बच्चा लिएर आफू युद्धमा होमिएको उनी सम्झिन्छिन् । ‘कष्टकरपूर्ण जंगलको यात्रा हुँदै तत्कालीन दुस्मनसँग लड्नुपर्दा मैले छिप्रेना गाउँमा बच्चालाई एक स्थानीय कहाँ छाडेर बाँचे पालिदिनु, नबाँचे फाली दिनु भनेर हिँडेको अहिले जस्तो लाग्छ’, उनले स्मरण गरिन्, ‘पुराना दिन सम्झिसक्दा मलाई त्यो समयको याद आउँछ ।’

२०५७ सालमा उनी माओवादी पार्टीको जिम्मासहित डोल्पातिर गएकी थिइन् । त्यसबेला उनी माओवादी डोल्पा जिल्ला पार्टी सचिवालय सदस्य र एरिया इञ्चार्ज बनेकी थिइन् । दुई वर्ष डोल्पा बसेपछि उनी फेरि २०५९ सालमा जाजरकोट फर्किएकी थिइन् । २०६० सालपछि उनी जाजरकोटसहित बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत लगायत केही भूगोलसहितको विशेष जिल्लामा सरुवा भएकी थिइन् ।

२०६२ सालमा उनी जनमुक्ति सेनामा कम्पनी कमिसार हुँदै बटालियन कमिसार समेत बनेकी थिइन् । २०६४ सालबाट भने उनले रेडियो जनआवाज, नेपालगञ्जमार्फत पत्रकारिकतामा पनि प्रवेश गरिन् । उनी माओवादीनिकट प्रेस सेन्टरको कर्णाली प्रदेश उपाध्यक्ष समेत भइन् ।

अहिले माओवादीबाट उनी नलगाड नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending