Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

को हुन् नलगाड नगरपालिकामा निर्वाचित उपप्रमुख लामिछाने ?

बन्दुक पछि कलम बोकेकी उनि बनिन् नगर उपप्रमुख

खबरडबली संवाददाता

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् ।

उनी ४२७२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहले ३१४७ मत मात्र पाइन् । तेस्रोमा रहेकी एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याएकी थिइन् ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीको सहयोगमै कांग्रेस उम्मेदवार सुनिता सिंह उपमेयरमा निर्वाचित भएकी थिइन् । तर, जाजरकोट भूकम्पमा परेर १७ कात्तिकमा सिंहको निधन भएको थियो ।

रिक्त रहेको पदमा आइतबार भएको निर्वाचनमा माओवादी उम्मेदवार लामिछानेले जित निकालेकी हुन् । उनको जितसँगै नलगाड नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादी केन्द्रका बनेका छन् । नगरपालिकाका अधिकांश वडामा समेत माओवादी जनप्रतिनिधिको बाहुल्य रहेको छ ।

उपनिर्वाचनका लागि मत माग्न खटिएका माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले चुनावीसभामा जाँदा मेयर र उपमेयर सेट नै एउटै पार्टीको भए काम गर्न सहज हुने भन्दै भोट मागेका थिए ।

‘माओवादीले नलगाडलाई विकासको एउटा नयाँ मोडलका रूपमा देखाउन चाहेको छ, कुनै बेला हामी मोडल जिल्ला भन्थ्यौं, त्यतिबेला स्रोत, साधन थिएन’ बस्नेतले भनेका थिए, ‘तर, अब उपमेयर पनि हाम्रै पार्टीबाट निर्वाचित गराएर मोडल नगरका रूपमा विकास गर्छौं ।’

नलगाड नगरपालिकामा सेट नै विजयी भएपछि आउने अवसरलाई सदुपयोग गरेर नमुना काम गरेर देखाउने उनले बताएका थिए । माओवादीबाट निर्वाचित उम्मेदवार लामिछानेले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेको हिसाबले नलगाडको विकासका लागि आफूले अधिकतम काम गर्ने बताएकी छन् ।

‘टिमसँग काम गर्ने कुरा त छँदैछ’, उनले थपिन्, ‘उपमेयर पद न्याय सम्पादनसँग जोडिएकाले मेरो प्राथमिकता विना भेदभाव सबै जनतालाई समान रूपले सुविधा दिन पहल गर्ने हुनेछ ।’

नलगाड नगरपालिकाभित्र विकट क्षेत्रहरू पर्ने भएकाले हालसम्म कृषि उत्पादनलाई बजारसँग जोड्न कठिनाइ भएको भन्दै उनले भनिन्, ‘कृषि बजारीकरणका लागि भौगोलिक विकटताका कारण जुन समस्या छ, त्यसलाई चिर्ने गरी काम गर्नेछु ।’ शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र खानेपानी पनि आफ्नो प्राथमिकता रहेको उनले सुनाइन् ।

बन्दुक पछि कलम बोकेकी उनि बनिन् नगर उपप्रमुख

सल्यानको तत्कालीन सुबिकोट गाविसमा जन्मिएकी नवनिर्वाचित उपमेयर लामिछाने विद्यार्थी राजनीतिक हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् । उनी २०५० सालमा जनता मावि, रागेचौरमा जनमोर्चा नेपालको मुल ईकाई कमिटी सदस्य बनेकी थिइन् । त्यसपछि विभिन्न पदमा रहेर काम गरिन् ।

२०५३ सालमा उनले माओवादीको पार्टी सदस्यता लिएकी थिइन् भने ०५४ सालमा माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघको जाजरकोट उपाध्यक्ष बनेकी थिइन् । त्यसबेलादेखि अर्धभूमिगत हुँदै उनी पछि महिला संघको अध्यक्ष पनि बनिन् ।

त्यसबेला एक वर्षको बच्चा लिएर आफू युद्धमा होमिएको उनी सम्झिन्छिन् । ‘कष्टकरपूर्ण जंगलको यात्रा हुँदै तत्कालीन दुस्मनसँग लड्नुपर्दा मैले छिप्रेना गाउँमा बच्चालाई एक स्थानीय कहाँ छाडेर बाँचे पालिदिनु, नबाँचे फाली दिनु भनेर हिँडेको अहिले जस्तो लाग्छ’, उनले स्मरण गरिन्, ‘पुराना दिन सम्झिसक्दा मलाई त्यो समयको याद आउँछ ।’

२०५७ सालमा उनी माओवादी पार्टीको जिम्मासहित डोल्पातिर गएकी थिइन् । त्यसबेला उनी माओवादी डोल्पा जिल्ला पार्टी सचिवालय सदस्य र एरिया इञ्चार्ज बनेकी थिइन् । दुई वर्ष डोल्पा बसेपछि उनी फेरि २०५९ सालमा जाजरकोट फर्किएकी थिइन् । २०६० सालपछि उनी जाजरकोटसहित बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत लगायत केही भूगोलसहितको विशेष जिल्लामा सरुवा भएकी थिइन् ।

२०६२ सालमा उनी जनमुक्ति सेनामा कम्पनी कमिसार हुँदै बटालियन कमिसार समेत बनेकी थिइन् । २०६४ सालबाट भने उनले रेडियो जनआवाज, नेपालगञ्जमार्फत पत्रकारिकतामा पनि प्रवेश गरिन् । उनी माओवादीनिकट प्रेस सेन्टरको कर्णाली प्रदेश उपाध्यक्ष समेत भइन् ।

अहिले माओवादीबाट उनी नलगाड नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending