Ntc summer Offer
Khabar Dabali १९ मंसिर २०८१ बुधबार | 4th December, 2024 Wed
Investment bank

बयानका लागि रवि लामिछानेलाई चितवन लगियो

खबरडबली संवाददाता

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। 

साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगेको हो। 

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो। जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । 

उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो। उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल- कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै काठमाडौँ गुर्खाज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रि...

दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको ‘मार्शल ल' को विपक्षमा संसद्, अब के हुन्छ ?

स्थिति सामान्य, ‘नजिकबाट नियाल्दै’ बाइडन प्रशासन

नेपालले चीनसँग माग्यो ओलीको गृहजिल्लालाई रंगशाला, देउवाकोलाई सिटी हल

टोखा छहरे सुरुङमार्ग निर्माणदेखि भैसीको मासु चीन निर्यात गर्ने सहमति

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

झापा । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख...

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका...

साउदीले ११ महिनामा ३०० जनालाई मृत्युदण्ड दियो

काठमाडौं । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको क...

एमालेको विश्लेषण- माओवादीले जनमत सुधारेको देखियो, सामाजिक सञ्जालको कुप्रचारले अपेक्षा अनुरुप नजिता आएन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपचुनावको परिणामको विश्लेषण गर्दै जनप्रतिनिधिहरूको कार्यशैलीमा सुधारको आवश्यकता रहेको बताएका छन् । उ...

घाँस काट्न गएकी युवतीको शव जङ्गलमा गाडिएको अवस्थामा भेटियो

गोरखा । चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको शव फेला परेको छ । यही मङ्सिर १५ गते शनिबार घाँस काट्न...

प्रधानमन्त्री ओलीले आज नेपाल-चीन सम्बन्धका आयामबारे पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्...

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy