Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

पाकिस्तानको उत्तरपश्चिममा साम्प्रदायिक हिंसा, कम्तिमा १३० जनाको मृत्यु

खबरडबली संवाददाता

इस्लामबाद। पाकिस्तानको उत्तरपश्चिममा बिगत १० दिनमा साम्प्रदायिक हिंसामा कम्तिमा १३० जनाको मृत्यु भएको छ ।पाकिस्तानी अधिकारीका अनुसार सो झडपमा परी कम्तिमा २ सय जना गम्भिर घाइते भएका छन् ।

गत नोभेम्बर २१ मा कुर्रम जिल्लामा हिंसा भड्कियो, जब बन्दुकधारीहरूले गाडीको काफिलेमा हमला गरेका थिए, जहाँ ५२ जना मारिएका थिए ।

मारिनेमा अधिकांश शिया मुस्लिम समुदायका रहेका छन । ‘आक्रमणको जिम्मेवारी कसैले लिएको छैन, जसले धेरै क्षेत्रमा प्रतिद्वन्द्वी समूहहरूद्वारा जवाफी फायरिङ र आगजनी गरेको थियो,’ एक सरकारी अधिकारीले भने ।

पछिल्लो २४ घण्टामा मात्रै झडपमा १४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सरकारी अधिकारीहरूले नोभेम्बर २४ मा सात दिने युद्धविरामको मध्यस्थता गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन् ।

शिया मुस्लिमहरू जिल्लाका केही भागहरूमा प्रभुत्व जमाउँछन्, यद्यपि तिनीहरू देशको बाँकी भागमा भने अल्पसंख्यक हुन्। तिनीहरू सामान्यतया सुन्नी मुस्लिमहरूसँगै शान्तिपूर्वक बस्छन्, जो पाकिस्तानमा बहुसंख्यक छन्। तर, जमिनको विवाद सामान्य साम्प्रदायिक हिंसामा परिणत भएपछि गत जुलाईदेखि कुर्रममा दुवै पक्षका दर्जनौं मारिएका छन्।

कुर्रमका डेपुटी कमिश्नर जावेद उल्लाह मेहसुदले युद्धविरामका लागि जनजाति अगुवाहरूसँग वार्ता भइरहेको र शान्ति ब्यवस्था लागू गर्न सुरक्षाकर्मी तैनाथ गरिएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वबैंकको सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र

बागलुङ। विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं। ४ को ओडारचौर–ढोड...

मतदानको वातावरण मिलाउन दलहरू प्रतिबद्ध

दार्चुला। प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाएको छन् ।  ...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रति...

बाँकेमा जसपा नेपाल र प्रलोपाबीच चुनावी तालमेल

नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...

पश्चिमी न्यूनचापीय रेखाको प्रभाव: आज हल्का वर्षाको हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...

डा. दिवाकर भट्ट उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त

काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...

उपचारका लागि सहयोग रोक्न साबित्रा भण्डारीको अपिल, एकैदिनमा उठ्यो डेढ करोडभन्दा बढी रकम

काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ ह...

यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय, चुनावमा चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा नि...

इटहरीबाट गगनलाई रविको व्यंग्य: २० वर्ष सांसद भएपछिमात्रै बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो

निर्माण व्यवसायीलाई भने- 'डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने हो’

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE