Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

विश्वबैंकको सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र

खबरडबली संवाददाता

बागलुङ। विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं। ४ को ओडारचौर–ढोडेनी र वडा नंं। ७ को मुलपानी–तितौरे जोड्ने सडक कालोपत्र गरिएको हो ।

विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत ती सडक स्तरोन्नतिसहित कालोपत्र गरेको हो । फेवा आशिष संयुक्त निर्माण कम्पनीले निर्माण गरेको तीन सडकको कुल लम्बाइ साढे १२ किलोमीटर रहेको छ ।

कालोपत्रको काम सकिएपछि अन्तिम भुक्तानीका लागि नगरपालिकाले दातृ निकायसहित प्राविधिक र सामाजिक अनुगमन र अन्तिम मूल्याङ्कनको काम गरेको छ । अन्तिम भुक्तानी अघि अनुगमन टोलीले केही मर्मतका काम तत्काल पुरा गर्न सुझाव दिएको छ । अनुगमन गरेपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र परियोजनाका निर्देशक लिला खतिवडाले ठेकेदार पक्षलाई अधुरा काम पुरा गरेपछि भुक्तानी दिन सुझाव दिएको छ ।   

मुलपानीदेखि कालीमाटीहुँदै तितौरे जोड्ने सडक साढे ८ किमी, ओडारचौरदेखि ढोडेनी जोड्ने सडक साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाट जोड्ने सडक डेढ किमी गरी साँढे १२ दशमलव ५ किमी सडक बनाउन फेवा आशिष संयुक्त निर्माण कम्पनीले ४८ करोड रुपियाँमा जिम्मा लिएको थियो । यी तीनवटै सडक ६ देखि ८ मीटर चौडाइका छन् ।

नगरभित्र बनेका सडकमध्ये मुलपानी–तितौरे सडक स्तरीय बनेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बताए। ग्रामीण क्षेत्र कालोपत्र भएपछि स्थानीयलाई बजार आवतजावतका साथै गाउँमा उत्पादित कृषिउपज बजारीकरणमा सहज हुने श्रेष्ठको भनाइ छ ।

यो सडक नगरपालिकाको चक्रपथको क्षेत्र हो । बागलुङ नगरपालिका–४ को कुँडुलेदेखि धारापानी, सिमहुँदै कालीमाटी जोड्ने सडक यसअघि नै कालोपत्र भएको थियो । मुलपानी, हर्राचौर तर्फको सडक कालोपत्र भएपछि चक्रपथ खण्डको यात्रा सहज बनेको छ । वर्षौपछि घरआँगनकै जीर्ण सडक कालोपत्र भएपछि स्थानीयबासी दङ्ग छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्र...

नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा

काठमाडौँ। धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। ...

देश सम्हाल्ने क्षमता कांग्रेसमा छ : उपसभापति शर्मा

सप्तरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले जेन–जी आन्दोलनपछि देश कठिन परिस्थितिमा रहेकाले अहिलेको अवस्थामा देशलाई सम्हाल्ने क्षमता नेपाली...

झापा–५ मा ओलीको चुनावी दौड: दमकदेखि गौरीगञ्जका १२ टोलमा मतदातासँग भेटघाट

दमक । निर्वाचन प्रचार–प्रसारका क्रममा केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। आज उनले दमक र द...

विश्वबैंकको सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र

बागलुङ। विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं। ४ को ओडारचौर–ढोड...

मतदानको वातावरण मिलाउन दलहरू प्रतिबद्ध

दार्चुला। प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाएको छन् ।  ...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रति...

बाँकेमा जसपा नेपाल र प्रलोपाबीच चुनावी तालमेल

नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...

पश्चिमी न्यूनचापीय रेखाको प्रभाव: आज हल्का वर्षाको हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...

डा. दिवाकर भट्ट उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त

काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE