Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

राष्ट्रसङ्घले २०२५ मा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

खबरडबली संवाददाता

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौँ मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘चिन्ता’ का साथ हेरिरहेको स्विकारेको छन् । 

गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठुलो क्षति पुर्‍याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपत्कालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।

फ्लेचरले भने, “हामी अहिले विश्वव्यापी रूपमा कैयौँ–सङ्कटको सामना गरिरहेका छौँ र यो सहयोग विश्वमा बढी सङ्कट झेलिरहेका सबैभन्दा कमजोर मानिसहरूका लागि हो ।  जलवायु परिवर्तन र द्वन्द्वका कारण सिर्जित असमानताले आवश्यकताको ‘व्यापक माग’लाई निम्त्याएको छ।

’ग्लोबल ह्युमेनिटेरियन ओभरभ्यु’को शुभारम्भ गर्दै फ्लेचरले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले खाँचोमा परेका सबै व्यक्तिसम्म पुग्न नसक्ने बताए। 

संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य मानवीय संस्थाहरूले सन् २०२५ का लागि ४७ अर्ब ४० करोड अमेरिकी डलर माग गरेका छन्, जुन यस वर्षको अपिलभन्दा केही कम हो।

फ्लेचरले भने, “यो योजनापछि पनि अझै ११ करोड ५० लाख अमेरिकी अपुग हुने फ्लेचरले स्वीकार गरे।

विश्वभरका मानवीय कार्यमा ‘दातृ निकायको थकान’ले सहायता कार्यक्रमलाई असर गरिरहेको तर्फ इङ्गित गर्दै उनले ‘यथार्थपरक’ योजना तयार पार्नुपर्नेमा जोड दिए। उनले भने, “यसका लागि प्राथमिकता र ‘वास्तवमै कठिन, कठिन छनौट’ को आवश्यकता पर्छ।”

गत महिनासम्ममा यस वर्षका लागि ५० अर्ब अमेरिकी डलर को अपिलमध्ये ४३ प्रतिशत मात्र पूरा भएको थियो ।

यस वर्ष सिरियामा खाद्य सहायतामा ८० प्रतिशतले कमी आएको, म्यान्मारमा सुरक्षा सेवामा कटौती गरिएको र हैजाप्रभावित यमनमा पानी तथा सरसफाइ सहायतामा कमी आएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

तथापि, सशस्त्र द्वन्द्वमा मानिसहरूलाई सहयोग र संरक्षण गर्न सबैभन्दा ठुलो अवरोध भनेको अन्तर्राष्ट्रिय कानुनको व्यापक उल्लङ्घन हो ।

सन् २०२४ मानवीय सहायताकर्मीका लागि सबैभन्दा घातक वर्ष भइसकेको छ । गत वर्ष २८० सहायताकर्मीको मृत्यु भएको थियो ।

फ्लेचरले भने,“विश्वव्यापी मानवीय प्रणाली ‘अत्यधिक बढ्दो गति’मा छ तर आवश्यकताको तुलनामा कम वित्तपोषित छ र यो शाब्दिक रूपमा भन्दा चिन्ताजनक अवस्थामा छ”, फ्लेचरले भने। 

“हामीलाई विश्वव्यापी ऐक्यबद्धतामा वृद्धिको आवश्यकता छ।”

यसैबिच विश्वको सबैभन्दा ठुलो मानवीय दातृ निकाय अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा पुनरागमनले आगामी वर्ष सहायता रकममा वृद्धिको साटो सहायता एजेन्सीको बजेट कटौती हुनसक्ने आशङ्का बढेको छ ।

फ्लेचरले आगामी महिनामा नयाँ प्रशासनसँग जोडिनका लागि वासिङ्टनमा धेरै समय बिताउने योजना रहेको बताएको छन् । 

“धेरै कठिन वैश्विक जलवायु परिवर्तनको चिन्ता केवल अमेरिकाको कारण मात्र नभई अन्य दातृ मुलुकका कारण पनि  निम्तिएको र यसलाई सम्बोधन गर्न थप कदम चाल्नु पर्ने आवश्यकता छ,” फ्लेचरले भने।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को मध्यसम्ममा द्वन्द्वका कारण १२ करोड ३० लाख मानिस आफ्नो घरबाट विस्थापित भएर बाँचिरहेका छन् भने विश्वमा हरेक पाँच बालबालिकामध्ये एक जना द्वन्द्वग्रस्त क्षेत्रमा बसिरहेका छन् ।

अझ चिन्ताजनक कुरा के छ भने समुदाय, खाद्य प्रणालीलाई तहसनहस पार्ने र सामूहिक विस्थापन गर्ने जलवायुजन्य विपत्तिहरूले समस्या सिर्जना गरेका छन् । 

उनले भने, “मलाई चिन्ता के छ भने आवश्यकताका ती दुई ठुला चालकहरूले अहिले एक साथ समस्याको सिर्जना गरिरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा जसपा नेपाल र प्रलोपाबीच चुनावी तालमेल

नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...

पश्चिमी न्यूनचापीय रेखाको प्रभाव: आज हल्का वर्षाको हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...

डा. दिवाकर भट्ट उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त

काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...

उपचारका लागि सहयोग रोक्न साबित्रा भण्डारीको अपिल, एकैदिनमा उठ्यो डेढ करोडभन्दा बढी रकम

काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ ह...

यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय, चुनावमा चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा नि...

इटहरीबाट गगनलाई रविको व्यंग्य: २० वर्ष सांसद भएपछिमात्रै बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो

निर्माण व्यवसायीलाई भने- 'डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने हो’

इटहरीवासीलाई बालेनको प्रश्न: चिया र तरकारी कहाँको खानुभयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसार उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बता...

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को ब...

फागुन २१ पछिको सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेछ: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE