Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित

खबरडबली संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हरायो । 

जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५।५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो ।

काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाए। यस्तै सुमित महर्जनले १४, भिम सार्की र जेरार्ड  इरासमसले १०र१० रन बनाए । 

काठमाडौँलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए। अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट झारे। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर बिनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाए। 

बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिए । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिए। दोस्रो खेल खेलेको सुदूरुपश्चिम लगातार दोस्रोे जित हो । 

सुदूरुपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो । यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्पादनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यकः प्रचण्ड

देउखुरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएको छन । ...

आज पनि सकिएन रविको थुनछेक बहस

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको थुनछेक हे...

सरकारको नेतृत्व गरेकाले आफैंमाथि अनुसन्धान गरेर देखाउन प्रचण्डको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले आफैंमाथि अनुसन्धान गरेर देखाउन चुनौती दिएका छन...

८४ सालमा बहुमत दिनुहोस्, भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छौः प्रचण्ड

दाङ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रले  त...

अबको बजेट सबै नागरिकको घरमा खानेपानी जानेगरी बन्छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बनाउने प्रतिवद्धता जनाएको छन । शुक्रबा...

दुई जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रक...

मुग्लिन-पोखरा सडक बिस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न

तनहुँ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएको छ । ७६ प्रतिशत काम पूरा भएको सूचना अधिकारी इन्जिनियर ...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रू गरेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत...

भारतको महाराष्ट्रमा रेल दुर्घटनाः मृत्यु भएका ७ नेपालीको सनाखत (नामावली)

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी...

जनताको विकास र समृद्धिको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल

तानसेन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गरेको छन । शुक्रबा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy