काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हरायो ।
जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५।५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो ।
काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाए। यस्तै सुमित महर्जनले १४, भिम सार्की र जेरार्ड इरासमसले १०र१० रन बनाए ।
काठमाडौँलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए। अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर बिनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाए।
बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिए । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिए। दोस्रो खेल खेलेको सुदूरुपश्चिम लगातार दोस्रोे जित हो ।
सुदूरुपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो । यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १७:४८
काठमाडौं । फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटन मा सोमबार रिट दायर गरिएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर ग...
बैशाख १४ गते, २०८३ - १७:२०
काठमाडौँ । मनोहरास्थित सुकुम्बासी बस्तीमा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत पूर्वमन्त्री गोपाल किरातीको घर प्रहरीले भत्काएको छ। सर...
बैशाख १४ गते, २०८३ - १७:०२
रूपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थि...
बैशाख १४ गते, २०८३ - १६:४६
ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएको छन्। पार्टी केन्द्रीय कार्यालय सान...
बैशाख १४ गते, २०८३ - १६:३५
काठमाडौं। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आजदेखि संविधान तथा कानुनविद्हरूसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन...
बैशाख १४ गते, २०८३ - १६:०९
काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुन: सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेका डाइभर्सन मर्मतपछ...
बैशाख १४ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचि...
बैशाख १४ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...
बैशाख १४ गते, २०८३ - १५:१६
काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...
बैशाख १४ गते, २०८३ - १५:०४
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...


प्रतिकृया लेख्नुहोस्: