Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । 

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केबल (तार) बिछ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी छ । सहिदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए । निर्माण कार्य तीव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ ।

जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम जारी छ । डिभाइस र फाउन्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उनले बताए । अन्य कामलाई तीव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ । सुवेदीले भने, ‘निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै १० महिनाको समय थप गरिएको छ ।’ सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो ।

पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत गर्दै लगिने उनले जानकारी दिए । उनले भने, ‘बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ ।’

केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए ।

उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु. एक अर्ब ४० करोड लागत लाग्नेछ । सुरुवाती समयमा रु. एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy