Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको मध्यम लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ३७ रनको मध्यम लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३६ रन बनायो ।

जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाए। उनले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो ।

यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाख। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिए। उनले पुरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिएको हो । कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए। 

लिगको चौथो खेल खेलिरहेका दुवै टोली जित निकाल्ने लक्ष्यमा छन् । अघिल्ला तीन खेलमा अपराजित जनकपुर जितको लय जारी राख्ने अभियानमा छ ।

जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो । 

यस्तै अघिल्ला तीन खेल गुमाएको लुम्बिनी पहिलो जितको खोलीमा छ । लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदुरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

काठमाडौं। जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्...

सशस्त्र प्रहरी सीमा सुरक्षा बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट

रौतहट । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट ...

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा चार उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चार वटा उपसमिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा...

प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौती गर्नुपर्‍योः कुलमान घिसिङ

काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको स्पष्ट पारेको छन ...

दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन प्रधानमन्त्रीलाइ निम्तो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रध...

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्र अघि सर्नुको विकल्प छैनः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएको छन । बुधबार ...

सिनामङ्गलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना

काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...

सिनामङ्गलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...

जनकपुर टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) कोपहिलो क्वालिफायर खेलमा अहिले लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा ह...

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेको छन । प्रधानम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy